हामीसँग जोडिनुहोस

सरकारले आदिवासीको हितमा महत्त्वपूर्ण काम गरेको छ :  प्रधानमन्त्री देउवा

1 मिनेट

काठमाडौं, २३ साउन ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले आदिवासी, जनजातिको हितका लागि धेरै महत्त्वपूर्ण काम गर्दै आएको बताउनुभएको छ । २८ औं विश्व आदिवासी दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधानमा उल्लेख भए अनुसार उनीहरूको हक, अधिकार र सुविधा दिलाउने कार्यमा पनि सरकार सधैँ क्रियाशील रहेको बताउनुभयो । आदिवासी, जनजातिहरूको पहिचान गर्ने र उनीहरूको भाषा, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्नका लागि आफू नेतृत्वको विगतमा बनेको सरकारले नै आदिवासी, जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान स्थापना गरेको उहाँले स्मरण गराउनुभएको थियो । त्यस अवसरमा प्रधानमन्त्री देउवाले आदिवासी, जनजातिहरूलाई राज्यको कुनै पनि अवसरबाट बञ्चित हुन नदिन सम्बन्धित सबै पक्षले मिलेर काम गर्न आवश्यक रहेको पनि बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।