हामीसँग जोडिनुहोस

ईजि वे ट्रायलको कृष्ण जन्माष्टमी महोत्सवमा दिनभर सहयोग

2 मिनेट

भक्तपुर, ३ भदौ । श्रीकृष्ण जन्माष्टमीको दिन आज बिहानैदेखि श्यामा श्यामा धाम राधे राधेस्थित भक्ति मन्दिरमा कृष्ण जन्माष्टमी महोत्सवमा मन्दिर आउने भक्तजनहरुका लागि बिहानैदेखि ईजि वे ट्रायल सेन्टर, भक्तपुरले भक्तजनहरुलाई सहयोग गरेको छ ।

सवारी अनुमति पत्रको प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने स्थानमा श्यामा श्यामा धाम राधे राधेमा आउने भक्तजनको सवारी पार्किङ्, जुत्ता चप्पलको सुरक्षा गर्नदेखि भक्तजनलाई खानेपानी र जुसको व्यबस्थापनदेखि स्वयंसेवक परिचालन गरेको इजि वे ट्रायल सेन्टरका प्रबन्ध निर्देशक निर्भयबाबु प्रसाईले जानकारी दिनु भयो ।

उहाँले हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको दिन ईजि वे ट्रायल सेन्टरले सहयोग गर्दै आएको र यस वर्ष पनि बिहानैदेखि रातीसम्म त्यसैलाई निरन्तरता दिएको बताउनु भयो । भक्तजनलाई मन्दिर प्रवेशका लागि जुत्ता खोल्ने ठाउँदेखिनै रातो कार्पेट बिछ्याएर प्रवेश गराईएको थियो ।
श्यामा श्यामा धाम राधे रोधका आजिवन सदस्य, साधिका एवं जिल्ला समन्वय समिति भक्तपुरकी सदस्य बिनु केसीले आज दिनभर भक्तजनको आगमन भएको बताउदै इजि वे ट्रायल सेन्टरको सहयोगले धेरै भक्तजनलाई धेरै सजिलो भएको बताउनु भयो ।

श्री राधा माधव समितिका केन्द्रीय सदस्य एवं सञ्चार प्रतिनिधि राजेन्द्र सिग्देलले यसवर्ष बिहानैदेखि मेला भर्न सरत्संगी एवं अन्य भक्तजनहरु लामबद्ध भएर पूजा गर्नु भएको बताउदै आज राती १२ बजेसम्म नै श्यामा श्यामा धाममा बिभिन्न पूजन कार्यक्रमहरु हुने बताउनु भयो ।

विगतका वर्षहरुमा एकैदिन १० हजार भन्दा बढीले दर्शन गरेपनि यसवर्ष भने त्यो संख्या बढ्ने उहाँले बताउनु भयो । समितिले सत्संगीका लागि दिनभर साधना गर्ने, श्रीकृष्णको महाभोग गर्ने, श्रीकृष्णलाई अभिषेक गर्ने र साँझ पाँच बजे महाआरती गर्ने, कृष्णलाई माखन अर्पण गर्ने, दिनभर कृष्णलीला प्रस्तुत गर्ने र मध्यराती १२ बजे जन्माष्टमी महोत्वस सम्पन्न गर्ने बताउनु भयो ।

विष्णुको आठौं अवतारको रूपमा श्री कृष्णको जन्मदिन आज देशभर मनाउने गरिन्छ । कृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री पनि भन्ने गरिन्छ । जन्माष्टमीका दिन देशभरका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजन–कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने चलन छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।