
काठमाडौँ,१५ भदौ।
भक्तपुरको सूर्यबिनायक नगरपालिकास्थित काठमाण्डु वल्र्ड स्कुलमा प्रहरी परिचालन गरिएको छ ।
मंगलबारबाट विद्यार्थीहरुबीच सुरु भएको विवाद झडपमा परिणत भएपछि जगाते वृतका डीएसपी राजकुमार श्रेष्ठको नेतृत्वमा प्रहरी परिचालन गरिएको हो ।
गुण्डुमा अवस्थित सो स्कुलमा गुण्डुका स्थानीय विद्यार्थी र काठमाण्डुबाट गएर कक्षा १२ मा अध्ययन गरिरहेका विद्यार्थीको बीचमा बिवाद भएको थियो ।
काठमाण्डुबाट अध्ययन गर्न आउने विद्यार्थीलाई स्कुल प्रशासनले कारवाही नगरेको भन्दै स्थानीयहरु विरोधमा उत्रिएपछि झपको स्थिती सिर्जना भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डीएसपी) राजु पाण्डेले जानकारी दिनुभयो ।