हामीसँग जोडिनुहोस

आफूविरूद्ध लगाइएको महाभियोग निष्क्रिय भएको दाबी गर्दै न्याय दिन जबराको आग्रह

1 मिनेट

काठमाडौं, १५ भाद्र ।
महाभियोगपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरूद्ध लगाइएको महाभियोग निष्क्रिय भएको दाबी गर्दै न्याय दिन आग्रह गर्नुभएको छ । बुधबार महाभियोग सिफारिस समितिको बैठकमा बयान दिन पुगेका राणाले विधि–पद्धतिबाट काम गरिरहेको आफूलाई मिडिया र राजनीति दलले पूर्वाग्रह राखेको उल्लेख गर्नुभयो ।
उहाँले संसद्ले आफूविरूद्ध लगाएको महाभियोग निष्क्रिय भएको बताउँदै संसद्ले बोलाएपछि सम्मानका लागि बैठकमा आएको बताउनुभयो । उहाँले आफूले विधि पद्धति अनुसार काम गर्दा मिडिया र राजनीतिक दलले आफू अनुकूल हुन दबाब सिर्जना गरेको र आफू त्यस्तो दबाबमा काम गर्न नसक्ने भन्दै समितिलाई न्याय दिन आग्रह गर्नुभयो ।
महाभियोग सिफारिस समितिले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरासँग सिंहदरबारस्थित कानून, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा बयान लिएको हो । समितिको बैठकमा जबरा उपस्थित भएको फोटो र भिडियो खिचिसकेपछि पत्रकारहरुलाई बाहिर पठाइएको थियो ।
यसअघि बन्द कोठाभित्र बयान लिने कि खुला भन्नेमा महाअभियोग सिफारिस समितिमा बहस चलेको थियो । जसकारण बयान लिन ढिलाइ भएको थियो । समितिका सदस्यसमेत रहेका नेकपा (एमाले) का सांसद कृष्णभक्त पोखरेलले बयानलाई खुला राख्नुपर्ने धारणा राखेका थिए । यद्यपि नेपाली काँग्रेसका सांसद मीनबहादुर विश्वकर्मा, नेकपा (माओवादी) का रेखा शर्मा र नेकपा (एकीकृत
समाजवादी) का कल्याणी खड्काले बन्द बयान लिनुपर्ने अडान लिएका थिए । महाभियोग सिफारिस समितिले निलम्वित प्रधानन्यायाधीश जबरालाई ४३ वटा प्रश्न सोध्ने भएको छ । जबरालाई सोध्नका लागि ४३ वटा प्रश्न तयार गरिएको समितिले जनाएको छ । गत फागुन १ गते सत्तारुढ दलका सांसदहरुले महाअभियोग दर्ता गराएपछि उहाँ स्वतः निलम्वनमा पर्नुभएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।