हामीसँग जोडिनुहोस

कक्षा १२ को नतिजा सार्वजनिक

ग्रेड बृद्धिको परीक्षा असोज ३० र ३१ गते हुने

2 मिनेट

भक्तपुर, १७ भदौ । राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज बसेको बैठकले बोर्डको नतिजा सार्वजनिक गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनु दिनुभयो ।

यस वर्ष परीक्षा उतीर्ण हुनका लागि प्रयोगात्मक परीक्षामा ४० र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत ल्याउनै पर्र्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । त्योभन्दा कम अंक ल्याएको खण्डमा पुनः परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ ।

उहाँका अनुसार नियमित तर्फ तीन लाख ६३ हजार आठ, ग्रेड बृद्धितर्फ ३० हजार ४५ र आंशिक तर्फ तीन हजार १३२ गरि कूल तीन लाख ९६ हजार १८५ विद्यार्थीले परीक्षामा सहभागिता जनाएका थिए ।

जसमध्ये नतिजामा चार हजार १७९ जनाले ३ दशमलव ६१ देखि ४ जिपिए, ३० हजार १०७ जनाले ३ दशमलव २१ देखि ३ दशमलव ६० जिपिए, ६५ हजार २८४ जनाले २ दशमलव ८१ देखि ३ दशमलव २० जिपिए, ६४ हजार ९३ जनाले २ दशमलव ४१ देखि २ दशमलव ८० जिपिए, १० हजार ९०० जनाले २ दशमलव ०१ देखि २ दशमलव ४० जिपिए र ३५ जनाले १ दशमलव ६१ देखि २ जिपिए ल्याएका छन् ।

बोर्डका उपाध्यक्ष डा. शर्माले भन्नुभयो, “यसवर्ष एक लाख ८८ हजार विद्यार्थी नन ग्रेडिङमा परेका छन् । त्यस मध्येमा एक लाख ३० हजार ८७८ जनाले मात्रै ग्रेड बृद्धि परीक्षामा सहभागि हुन पाउँछन् ।” दुई विषयमा निर्धारित प्रतिशत भन्दा कम ल्याउने विद्यार्थीले पुनः ग्रेड बृद्धि परीक्षा सहभागि हुन पाउँछन् । बोर्डले देशभरका १ हजार २९२ परीक्षा केन्द्रमा परीक्षा केन्द्रमा गत जेठ १६ देखि २५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।

बोर्डले यसवर्षको नतिजामा ग्रेड बृद्धि परीक्षामा सहभागि हुन पाउने एक लाख ३० हजार ८७८ परीक्षार्थीका लागि आउँदो असोज ३० र ३१ गते परीक्षा सञ्चालन गर्ने गरि आजै परीक्षा तालिकासमेत सार्वजनिक गरेको अध्यक्ष डा. शर्माले जानकारी दिनु भयो ।

बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np, नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिन्छ । त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि neb लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नम्बरमा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।