हामीसँग जोडिनुहोस

बालिका बलात्कार गरि फरार तुल्सीब्याख्यो २५ वर्ष पछि पक्राउ

1 मिनेट

भक्तपुर, १७ भदौ : एक ६ वर्षीया बालिकालाई २०५४ साल मंसीर ८ गते जवरजस्ती करणी गरि फरार रहेका भक्तपुर नगरपालिका–११ क्वाछेँ घरभई पोखरा बस्दै आएका ४० वर्षीय दिपक तुल्सीब्याखोलाई २५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

बलात्कार मुद्धामा दोषी ठहर गर्दै २०६३ माघ ८ गते सर्वोच्च अदालतले ८ बर्ष कैद र निजको आधा भाग अंश सर्वस्व गरी पीडित बालिकालाई भराई दिने फैसला पछि फरार तुल्सीब्याखोलाई महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले कास्की प्रहरीको समन्वयमा पोखराबाटै पक्राउ गरि भक्तपुर ल्याएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजू पाण्डेले जानकारी दिनु भयो ।

फरार तुल्सीब्याखो पोखरामा बसोबास गरि ब्यवसाय सञ्चालन गर्दै आएको गोप्य सूचनाको आधारमा पोखराबाटै हिजो पक्राउ गरि भक्तपुर ल्याएर आज फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा पेश गरिएको उहाँले जानकारी दिनु भयो ।

अदालतले आजै तुल्सीब्याखोलाई काठमाडौं डिल्लीबजारस्थित जगन्नाथ देवल कारागार चलान गरेको प्रनाउ पाण्डेले जानकारी दिनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।