हामीसँग जोडिनुहोस

आईसीसी विश्वकप लिग टूमा पीएनजीलाई नामिबियाले हरायो

1 मिनेट

काठमाडौँ,०५ असोज ।
आईसीसी विश्वकप लिग टू अन्तर्गतको खेलमा नामिबियाले घरेलु टोली पपुवा न्युगिनी (पीएनजजी)लाई ६१ रनले हराएको छ ।​ पपुवा न्युगिनीको अमिनी पार्कमा बुधबार भएको नामिबियाले दिएको २१५ रनको लक्ष्य पछ्याएको पीएनजीले ४३ ओभर १ बलमा अलआउट हुदै मात्र १५३ रन मात्र बनायो ।

आईसीसी एकदिवसीय विश्वकप २०२३ को छनोटका रुपमा रहेको लिग टूको खेलमा नामिबीयाले जित निकाल्दा नेपाललाई घाटा भएको छ । जितसँगै नामिबियाको २२ खेलमा २६ अंक भएको छ । सात टोली सहभागी यस लिग टूको अंक तालिकामा नामिबिया पाचौं स्थानमा रहेको छ ।

पीएनजीको २४ खेलबाट ५ अंक जोडेर तालिकाको पुछारमा छ । यता नेपाल २० खेलमा ८ मा जितका साथ १७ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ ।​ पीएनजीका लागि सियाकाले ३८ तथा हिरी हिरीले २९ रन बनाए । त्यस्तै चाल्स अमिनीले २२ रनको योगदान गरे ।

नामिबियाका लागि कप्तान गेहार्ड इरास्मसले तीन विकेट लिए । त्यस्तै टाङ्गीनी लङ्गामिनी, रुबेन ट्रपिलम्यान र जान फ्रायलिंकले दुई–दुई विकेट लिए ।यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१४ रन बनाएको थियो । नामिबियाका लागि कप्तान गेहार्ड इरास्मसले ४९ रन बनाए । त्यस्तै जान निकोलले ३५ रन बनाउँदा लोहानड्री लौरेन्सले ३४ रनको योगदान गरे ।

पीएनजीका लागि चाड सोपार र काबुआ मोरियाले समान दुईरदुई विकेट लिए ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।