हामीसँग जोडिनुहोस

फुल राखिदिनुस

0 मिनेट

– ओम पोखरेल बैरागी

 

आँशु राखिदिनुस दुईथोपा फुल राखिदिनुस।
मरेपछी यो शरीररमा रातो तुल राखिदिनुस।।

अब अन्याय अत्याचार सहिए हुदैन सरकार।
आउनुस चाहे यो छातिमा त्रिशूल राखिदिनुस।।

यस्तै हत्या हिंशाहरु भैरहनेछन यहाँ घरी घरी।
अर्कोबुद्ध जन्मेर शान्तिको बिगुल राखिदिनुस।।

केही ज्ञान सिकिन्छ गुरुबाट केही भोगाई बाट।
बन्द कोठामा राखिदिनुस चुकुल राखिदिनुस।।

देश बचाउनुछ दुस्मनबाट सिमाना बचाउनुछ।
यो माटोको कसम खाएर कबुल राखिदिनुस।।
साभार ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।