हामीसँग जोडिनुहोस

हिजो आजका कुरा अब ठूलो पर्दामा

2 मिनेट

काठमाडौ, असोज ११ ।
नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिशृङ्खला हिजो आजका कुरा मार्फत अभिनेता तथा निर्देशक सन्तोष पन्तले आफ्नो परिचय स्थापित गर्नुभयो ।

६ सय ९९ भाग प्रसारण भएर कीर्तिमान बनाउन सफल टेलिशृङ्खलालाई तत्कालीन समयमा टेलिभिजनमा पर्खिने दर्शकको कमी थिएन । विसं २०५३ मा सुरु हुँदा टेलिशृङ्खलाको नाम ुआज भोलिका कुराु राखिएको थियो । तत्कालीन नेपाल टेलिभिजनको महाप्रबन्धक नीर शाहकै सहयोगमा सुरु भएको टेलिशृङ्खला १७ भागपछि ुभोलिको कुराु स्वाभाविक नभएपछि ुहिजो आजका कुराु बन्यो । पाक्षिक कार्यक्रम लोकप्रिय भएपछि साप्ताहिक बन्यो ।

त्यस समयमा झुपडीदेखि दरबारसम्म रुचाइएता पनि देशमा आएको राजनीतिक परिवर्तनसँगै विसं २०६३ मा यो हास्य टेलिशृङ्खला बन्द भयो । दर्शकले हिजो आजका कुरा हेर्ने इच्छा देखाएपछि अभिनेता पन्तले निजी क्षेत्रको टेलिभिजन कान्तिपुरमा दुई वर्षसम्म एक सय १७ भाग प्रसारण गर्नुभयो । लोकप्रियता नपाउँदा निजी टेलिभिजनसँगको यात्रा लामो भएन । सोह्रदेखि १८ घन्टासम्म हुने बिजुली भार कटौतीले यसलाई धेरै दर्शकसम्म पुग्न दिएको थिएन । अभिनेता पन्तले पुनः यसलाई सानो पर्दामा नभइ ठूलो पर्दामा ल्याउने तयारीमा जुटनुभएको छ ।

उहाँकै छोरा साकारले ुहिजो आजका कुराु फिल्ममार्फत निर्देशनमा डेब्यु गर्दै हुनुहुन्छ । अभिनेता पन्त भन्नुहुन्छ, ‘पुस्तान्तरण गरेको हुँ । नयाँ पुस्तालाई नयाँ सोच भएकै मेकर्स चाहिन्छ भनेर छोरालाई अगाडि सारेको हुँ ।’ फिल्ममा हिजो आजकै भइरहेका कुरा देखाइएको उहाँले बताउनुभयो । फरक सोचका कुरा, बेथितिका कुरा, विदेशिनेका कुरा, विदेशिएका कुरा, मतभेदका कुरालाई समेटेर फिल्म तयार गरिएको छ । टेलिशृङ्खलाको रूपमा लोकप्रिय भएपछि ठूलो पर्दामा ल्याउँदा द मुभी लेखिएको छ । ‘यसलाई टिभीकै शृङ्खला नबुझियोस् भनेर मुभी नै लेखेका हौँ । टेलिभिजनको दर्शकलाई हलसम्म ल्याउने तयारी छ’, अभिनेता पन्तले भन्नुभयो ।

फिल्ममा उहाँको जोडी टेलिफिल्ममा झैँ रमा थपलिया हुनुहुन्छ । ‘फिल्ममा अभिनय गर्दा टेलिफिल्मका दिन सम्झिएँ । निकै रमाइलो भयो । रिलको जोडीसँग फेरि सहकार्य भयो’, थपलियाले भन्नुभयो । हिजो आजका कुरालाई फिल्मको रूप दिन पाउँदा साकार उत्साहित हुनुहुन्छ । ‘हिजो आजका कुरा हेर्ने र यसलाई रुचाउने ठूलो पर्दामा पाउँदा पक्कै खुसी हुनुहुनेछ । हामीले साख झर्ने काम गरेका छैनौँ । मेरो लागि यहीँ शीर्षक लिएर डेब्यु गर्नु अवसरसँगै चुनौती पनि छ’, साकारले भन्नुभयो ।

फिल्ममा ऋचा शर्मा, दिव्य देव, रीमा विश्वकर्मा, केकी अधिकारी, स्व। जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, विनय कुँइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सविन शाक्य, कमला रेग्मी, रिहान केसीलगायतको अभिनय रहेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।