हामीसँग जोडिनुहोस

भक्तपुरका भक्त ‘महेश बस्नेत’ : जो भक्तपुरको बिकास र जनसेवाबाट कहिल्य थाकेनन् (भूकम्पदेखि कोरोना महामारीसम्मको यात्रा)

12 मिनेट

भक्तपुर, १ मंसिर । महेश बस्नेत, भक्तपुरका बासिन्दाका लागि मात्रै होइन, देश विदेशमा रहेका आमनेपालीका लागि अपरिचित नाम भने पक्कै होइन । नेपाली राजनीतिका उदीयमान नेता हुन भक्तपुरका महेश बस्नेत ।

तत्कालिन गुण्डु गाउँ बिकास समितिको अध्यक्ष विजी भएपछि देशकै कान्छो जनप्रतिनिधिको रुपमा परिचिरहुदै नेपाली राजनीतिमा नेकपा एमालेको दरिलो खम्बामा रुपमा उभिन सफल बस्नेत युवा संघका केन्द्रीय अध्यक्ष, युथ फोर्सका केन्द्रीय अध्यक्ष, एमालेको केन्द्रीय सदस्य हुँदै अहिले एमालेको पोलिटव्यूरो सदस्य रहेका छन् ।

राजनीतिक यात्राकै क्रममा उद्योग मन्त्रीको अनुभव बटुलिसकेका एमाले नेता बस्नेतलाई भक्तपुरबाट पहिलो पटक नेतृत्व गर्ने भावी प्रधानमन्त्रीका रुपमा यहाँका जनताले उठाईरहदाँ उनी पनि जनताप्रति समर्पित रहदै आएको पाईन्छ । देशलाई संकट पर्दा नेकपा माओवादीको ज्यादती बिरुद्ध खडा भएर वाईसिएललाई ठिक ठाउँमा ल्याउन तत्कालिन समयमा कम चुनौती थिएन । त्यही वाईसिएलको ज्यादती रोक्न खोज्दा आजसम्म पनि बस्नेतलाई बिरोधीहरुले गुण्डाको आरोप लगाएका छन् । यद्यपी नेपाली युवाहरुको मन मनमा बस्न सफल बस्नेतलाई त्यस्ता आरोप बिरोधी गाइनेलाई गाउँने गीत मात्रै बनेको छ ।

नेकपा एमालेका यी युवा नेता महेश बस्नेत भक्तपुरको मुहार बदल्ने कुशल योजनाकारका रुपमा चर्चित छन् । समृद्ध भक्तपुरको परिकल्पनाकार तथा जनताको दुःख–सुखका सारथी हुन महेश बस्नेत । भक्तपुर र भक्तपुरका जनताले उनीजत्तिको शालिन, बौद्धिक, जनमैत्री र हिम्मतिलो नेता पाउन नसकेको भक्तपुरकै बासिन्दा चर्चा गर्छन् । यति सम्मकी मञ्चमा भाषण गर्दा उनको बिरोध गर्नेहरुले भित्रभित्रै भने उनको काम र क्षमताको चर्चा र तारिफ गरकै पाइन्छ ।

युवा आन्दोलनकै नेतृत्व लिई विकासको विगुल फुक्न सक्ने थोरै थोरै नेताहरु मध्ये उनी एक हुन् । राजनीतिक यात्रामा छिट्टै फड्को मार्दै राष्ट्रिय राजनीतिमा पर्न सफल भएका छन् महेश बस्नेत । बाटाघाटा पुलपुलेसा बनाउने काममा महेश बस्नेतको अग्रसरता भक्तपुरका सबै समुदायका जनताबीच प्रख्यात भैसकेको छ । नदी, खोला, सार्वजनिक जग्गाको संरक्षण सहित भक्तपुरलाई व्यवस्थित सहरको रुपमा विकास गर्नपनि महेश बस्नेतको नाम अग्रपंक्तिमा आएको छ ।

महेश बस्नेतले ल्याएका बिकासका भिजन देखेर प्रधानमन्त्री शेरबहादुर देउवासमेत चकित पर्ने गरेको काँग्रेस बृत्तमै चर्चा छ । विगत १५ वर्ष काँग्रेस र १० वर्ष नेमकिपाले संसदको प्रतिनिधित्व गर्दा गर्न नसकेको काम महेश बस्नेतले संसदमा पाँच वर्ष प्रतिनिधित्व गर्दा गरेर देखाइदिए । यतिखेर उनका प्रतिद्धन्द्धीका रुपमा रहेको काँग्ेस समेत अब पाँच वर्ष महेशले फेरी संसदको नेतृत् वगर्ने हो भने विकास गर्ने ठाउँ खाली रहदैन, सबै बिकास उसैले गरि सिध्याउछ, अनि अर्को पटक हामी के एजेण्डा लिएर जनता माझ जाने भन्ने चिन्तासमेत काँग्रेसका नेताहरुमा परेको काँग्रेसजनबाटै चर्चा सुनिन्छ ।

महेश बस्नेतका आगामी योजना :

महेश बस्नेतले भक्तपुरको सान हो । पाँच वर्षको अबधीमा २६ अर्ब बजेट ल्याएर भक्तपुरको बिकासमा लामो फड्को मार्न सफल उनका योजनाहरु राष्ट्रिय तहमै प्रख्यात बनेका छन् । उपत्यकामा बनाउने स्मार्ट सिटी, भक्तपुरका तीन वटा स्मार्ट सिटी, हनुमन्ते करिडोर निर्माण गरेर भक्तपुरको सडक जामलाई सधैको लागि अन्त्य गर्ने योजना, मनोहरा करिडोर निर्माण, कोटेश्वर र भक्तपुरको सडक जाम हटाउन तीनकुने जडिबुटीमा सुरुङ्ग मार्ग निर्माण गर्ने, भक्तपुर धुलिखेल सडक बिस्तार गर्ने, साँगामा सुरुङ्ग मार्ग निर्माण गर्ने, शिक्षाका विकासका लागि भक्तपुरमा विश्व विद्यालयको स्थापना उनको उनको योजना हो ।

त्यस्तै देश र विदेशका विद्यार्थीहरु अध्ययन, अनुसन्धानका लागि भक्तपुर आउने गरि उत्कृष्ठ शैक्षिक गन्तव्य भक्तपुरलाई बनाउने, स्वास्थ्यको उत्कृष्ठ र शुलभ पहुँचका लागि भक्तपुर अस्पताल, शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र र क्यान्सर अस्पतालाई मर्ज गरेर बिहाल र अत्याधुनिक स्वास्थ्य बिज्ञान प्रतिष्ठान निर्माण गर्ने, भक्तपुरको दुवाकोटमा बीर अस्पताल निर्माण गर्ने, मध्यपुरथिमिमा छाती रोग विशेषज्ञ अस्पताल सञ्चालनमा ल्याउने उनको योनजा पुरा गर्ने लक्ष्य राखेका छन् ।

त्यस्तै भक्तपुरको गठ्ठाघरमा पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय सभा हल निर्माण गर्ने, भक्तपुरको नंखेलमा ५६ रोपनी जग्गामा रंगशाला निर्माण गर्ने, भक्तपुरको सूर्यविनायकमा कबर्ड हलको निर्माण गर्ने, अलपत्र रहेको प्राणी उद्यान निर्माणलाई मूर्त रुप दिने, भक्तपुरको नगरकोट, रानीकोटलाई पर्यटकीय क्षेत्र घोषणा गराउने, गाउँ गाउँमा होमस्टे पर्यटन प्रबर्दन गर्ने, भक्तपुरलाई धार्मिक उवं ऐतिहासिक पर्यटकीय गन्तव्य बनाउने, अरनिको राजमार्गलाई हराभरा बनाउने, भक्तपुरको अरनिको राजमार्गदेखि सूर्यविनायकका प्रत्येक सडक, चोक, चौतारो, गाउँ गाउँमा सडक बत्ति जडान गर्दै उज्यालो भक्तपुर बनाउने लक्ष्य पनि पुरा गर्ने अठोट उनको छ ।

भक्तपुरको जगातीमा जिल्लाका सबै सरकारी कार्यालय एकै ठाउँमा रहने गरि एकीकृत सरकारी कार्यालयहरुको भवन बनाइ सञ्चालनमा ल्याउने, भक्तपुरको गुण्डुमा यातायात व्यबस्था विभाग अन्तर्गतको यातायात कार्यालय निर्माण गर्ने, युवा रोजगारीका लागि स्वरोजगारमूलक तालिकर कृषि आधुनिकिकरण, गाउँ गाउँमा साना तथा मझौला औधोगिक क्षेत्रको बिकास गर्ने, ठूला औद्योगिकरण गर्ने, महिला शसक्तिकरण र आतमनिर्भर बनाउने कार्यक्रम र तालिम केन्द्रहरु सञ्चालन गर्ने, विद्यार्थी र युवाका लागि इ–लाइब्रेरी स्थापना एवं सञ्चालनमा ल्याउने, युवाहरुलाई खेलकुदमा आकर्षण गर्ने कार्यक्रम ल्याउने उनको योजना छ ।

कृषि आधुनिकिकरण गरि कषि उत्पादन र बजारीकरणको व्यबस्थापन गर्ने, युवाहरु खाडी मुलुक जान नपर्ने गरि रोजगारी प्रबद्र्धन गर्ने कार्यक्रम ल्याउने जस्ता अनेकौ योजनाहरु महेश बस्नेतले अगाडि सारेका छन् । जेष्ठ नागरिकका लागि डे केयर सेन्टर, भजन समूह, चौतारो, निःशुल्क स्वास्थ्य सेवालगायत उनले सारेका यस्ता योजना सफल पार्ने हो भने भक्तपुरको सम्बृद्धि टाढा छैन, महेश बस्नेतकै नेतृत्वमा भक्तपुर सम्बृद्ध बन्न सक्छ । उनको यो लक्ष्य पुरा गर्न यहाँका जनताले मनले मात्रै होइन मतले पनि साथ दिनु जरुरी छ ।

जनताको घरदैलोमा महेश बस्नेत :

जनताको पीरमर्का नजिकैबाट बुझ्ने र सहयोग गरिहाल्ने स्वभावका धनी हुन महेश बस्नेत । आफ्ना जिल्लावासी जोसुकै व्यक्ति पनि कुनै समस्या लिएर उनीसम्म पुग्छ भने नाम र ठेगानाबाहेक केही नसोधी आफूले सक्ने सहयोग गर्न पछि पर्दैनन् उनी । उनले कसैलाई सहयोग गर्दा कुन दल वा पार्टी, कुन थर, कुन जात, कुन धर्म त्यसको कुनै पर्वाह गर्दैनन्, त्यसैले त पार्टी सरकारमा रहदाँ पनि नरहदाँ पनि उनको घरसम्म समस्या बोकेर जाने जो कोहीलाई निराश बनाएर पठाउने बानी महेश बस्नेतको छैन ।

आफ्नो निर्वाचन क्षेत्रका कुनाकुनामा सड्क, पीच र पानी, शिक्षा, स्वास्थ्य लगायत पूर्वाधार निर्माणमा नेता महेशले गरेका काम निकै महत्वपूर्ण मानिएको छ । भक्तपुरको पर्यटकीय सम्भावनालाई थप उचाइमा पुर्याउन आवश्यक पूर्वाधार निर्माणमा पनि नेता बस्नेत अहोरात्र खट्ने गरेका छन् ।

कसैको घरमा कोही बिरामी भयो, कोही मृत्यु भयो, दुःख र शोकमा परेको छ र आफूलाई त्यसको खबर आयो भने सान्त्वना दिन घरमै पुगिहाल्ने उनको बाँनीले पनि धेरैको मन जित्न सफल भएका छन् । त्यति मात्रै होइन बिकास निर्माणको उद्घाटन, शिलान्यास, अनुगमन र जनताको घरदैलोमा जानबाट उनी कहिल्य थाकेनन् ।

यसअघिका जनप्रतिनिधिहरु चुनाबमा भोट माग्न गएपछि फर्केर जनताको घरदैलोमा नपुगको थुप्रै उदाहरण छन् । तर महेश बस्नेत एउटा त्यस्ता व्यक्ति हुन् जो २०७० को निर्वाचनमा पराजित हुँदा पनि २०७२ को महाभूकम्पमा भक्तपुरमा सबभन्दा बढी जनसेवामा समर्पित हुने नेता जनताको मनमनमा बस्ने नेता, २०७४ को निर्वाचनमा विजयी भए पछि पनि प्रत्येक दिन जनताको घदैलोमा पुग्ने नेता हुन महेश बस्नेत ।
प्रत्येक दिन कहिले कुन वडामा, कहिले कुन गाउँमा विकासका योजनाको शिलन्यास गर्न, उद्घाटन गर्न, अनुगमन गर्न, भेटघाट गर्न र गाउँ घुम्दै नागरिकसँग हुलमिल हुने भक्तपुरका एक मात्र नेता हुन महेश बस्नेत । हरेक दिन यसरी जनसेवामा निरन्तर लाग्दा पनि उनी कहिल्य थाकेनन् । न भूकम्प, नत हनुमन्ते नदीमा बाढी आएर बस्ती डुबानमा पर्दा, नत कोरोनाको महामारीमा नै उनी थाकेर घरभित्र बसे । प्रत्येक दिन जनसेवामा लागिरहने निडर युवा नेता हुन् महेश बस्नेत ।

कान्छो जनप्रतिनिधिका रुपमा स्थानीय सरकार सञ्चालनको अनुभव बटुलेका बस्नेत जनतालाई मात्रै होइन, पार्टी र जिल्लामा आइपर्ने सबै समस्यामा काँध थाप्न सक्ने काबिल र अब्बल नेताका रुपमा परिचित भैसकेका छन् । बेला बखत चर्चामा आउने नेता बस्नेत जनताको पक्षमा सँधै लडिरहने निडर नेताका रुपमा चिनिइसकेका छन् ।

मन्त्री हुँदाको प्रतिबद्धता पुरा :

उद्योग मन्त्री हुँदा महेश बस्नेतले भनेको एउटा बाक्य यहाँका जनताले अहिले पनि सम्झन्छन । उनले भनेका थिए, ‘मन्त्री पदको सपथ खाएर मन्त्रालय प्रवेश गर्दा सेता सर्ट र सुकिलो लुगा लगाएर पस्छु, फर्कदा पनि कुनै दाग नलगाई त्यस्तै भएर फर्कन्छु भनेर जनतासँग खाएको कसम पुरा गर्ने नेता हुन् उनी । उद्योग मन्त्रालय सम्हालिरहदाँ उनले नयाँ उद्योग स्थापना, बन्द उद्योग सञ्चालन, स्वदेशी वस्तुको प्रयोग बढाउन उनले गरेका नीतिगत सुधारका कामहरु उल्लेख्य छन् । उद्योग मन्त्रालयबाट विदा भएर फर्कदा कुनै बिवादमा नपरी, कुनै भ्रष्टाचारको काण्डमा नफरी उनले गरेको प्रतिबद्धता पुरा गर्दै सफा भएर फर्किए ।

भूकम्पमा महेश बस्नेत :

२०७२ साल बैशाख १२ गते गएको महाभूकम्पले भक्तपुरमा पनि निकै बिनाश निम्त्यायो । मानिसहरुको मृत्युसँगै घरबारबिहान हुनपरेको पीडा, घाइतेको उद्धार, खुल्ला आकाश मुनीको बासले सबैले पीडा दिएको थियो । बैशाख १३ गते तत्कालिन उद्योग मन्त्री महेश बस्नेत जब भक्तपुर नगरपालिकाको क्षतिग्रस्त भक्तपुरको बासिन्दाको घर, भग्नावशेष र देखियो उनको मन थामिएन । त्यहाँबाट जब उनी हनुमान घाट पुगे । तब त्यहाँ घाटमा लहरै रारिएको शव, चौर र दशनामीको समाधिस्थल माथि लहरै चित्ता बनाएर शवहरु जलिरहेको र कयौ शव दाहसंस्कारको प्रतिक्षामा रहेको देखे पछि उनी निकै भावुक भए । उनको आँखा रसाए ।

त्यही आफ्नाहरुसँग सल्लाह गरेर यो विपदमा सबैलाई राहत दिनु पर्ने बताए । तत्कालै उनले मानवीय आस्था नेपाल नामको संस्थाको नाम जुराएर त्यही संस्थाको नाममा पीडितलाई राहत वितरण गर्ने निर्णय गरे । पहिला त आफ्नै लगानीमा उनले तत्कालै १०० बोरा चामल, दाल, नून, तेल र ३०० थान त्रिपाल किनेर अत्यन्तै कठिनमा रहेकालाई त्रिपाल र खाद्यान्न राहत वितरण गर्न थाले ।

त्यसपछि उनले स्वदेश तथा विदेशमा रहेका दाता र आफ्ना मित्रहरुलाई सहयोगको लागि आव्हान गरे । त्यहाँबाट जुटेको सहयोगबाट महेश बस्नेतले मानवीय आस्था नेपालको नाममा भक्तपुरका चारवटै नगरपालिकाका पीडितलाई राहत सामग्री वितरण गरे । को एमाले, को काँग्रेस, को नेमकिपा, को राप्रपा, को माआवादी को हुन् भनेर सोधेर होइन पीडितको अबस्था बुझ्दै सामग्री वितरण गर्न थालियो ।

केही पछि जस्ताका पाताहरु वितरण गरियो । त्यसपछि जसको घर बस्ने नहुने गरि क्षति भएको छ उनीहरुका लागि प्रत्येक वडा वडामा लगत संकलन गरेर आवश्यकता र माग अनुसार जस्ताको टहरा निर्माण गरेर हस्तान्तरण गरे । त्यो राहत, त्यो जस्ता र त्यो टहरा वर्षाको समयमा निकै राहत दियो । त्यस बेला मलाई कसले भोट दियो कि दिएन भनेर होइन, को पीडित छन्, कसलाई आवश्यकता छ भनेर सबैलाई राहत प्रदान गरे ।

२०७२ सालमा साउनमा गाईजात्रा पर्वमा सामुहिक गाईजात्रा पर्व मनाए । त्यस्तै सबै मृतकको सम्झना भक्तपुरको दरबारस्क्वायरमा श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गर्नुका साथै पीडितहरुलाई जनै पूर्णिमामा क्वाटी खाने सामग्री र राहत रकम प्रत्येक परिवारलाई हस्तान्तरण गरे ।
उनले हजारौ बोरा चामल, दाल, नून, तेल, लत्ताकपडा, जस्तापाता र हजारौ टहरा वितरण गरेको क्षण ती पीडितहरुले अझै बिर्सेका छैनन् । तत्कालिन समयमा भूकम्प पीडितलाई राहत प्रदान गर्ने पार्टी र दलका नेता मध्ये उनी एक मात्र थिए। त्यतिबेलादेखि उनी धेरै जनताको मन मनमा बस्न सफल भए ।

थिमि बाढीको चपेटामा पर्दा उद्धारमा पुग्ने पहिलो नेता महेश बस्नेत :

२०७५ साल असार २८ गते राती परेको भीषण वर्षाका कारण हनुमन्ते नदीमा आएको बाढी बस्तीमा पस्दा मध्यपुरथिमि नगरपालिकाको राधेराधे क्षेत्र निकै डुबानमा पर्यो । मधयपुरथिमिको शंखधर चोकदेखि राजमार्ग, यहाँका सयौ घर, काराखाना, उद्योग, पसल, व्यवसाय डुबानमा पर्यो । कतिपय घरमाथि बसेर उद्धार पर्खिरहे । कति पानीमा फसेर बसे । तत्कालै नेता बस्नेत बिहानै आफ्नो टोली लिएर बाढी पीडित क्षेत्रमा पुगे । थिमिदेखि घुँडा भन्दा माथिसम्म पाइन्ट उचालेर जुत्ता हातमा लिएर उद्धार टोलीसहित थिमि राधे राधे पुग्ने नेता हुन् महेश बस्नेत । नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीलगायत उद्धार टोलीसमेत लिएर उद्धारमा खटिने नेता हुन् महेश बस्नेत ।

जसले सुन्दरी जलदेखि बोट मगाएर यहाँ फसेकाहरुको उद्धार गराए । बाढीकै समयमा बस्ती भित्रै पसेर स्थानीयलाई सान्त्वना दिए । भोली पल्ट बाढी कम भए पछि सरकारी टोली लिएर डुबान क्षेत्रको अनुमगमन गराई क्षतिको विवरण संकलन गर्ने र राहतका लागि सरकारसंग माग गर्नेसम्मको काम उनी महेश बस्नेतले गरे । तत्कालिन विपदको समयमा यहाँ जनतासँग मात्र नेतामा महेश बस्नेत थिए, अरु कुनै पार्टीका कोही नेताको आगमन भएको थिएन । आज पनि मध्यपुरथिमि र राधे राधेका बासिन्दाले त्यो दिन र महेश बस्नेतलाई सम्झन्छन् ।

हनुमन्ते करिडोरको निर्माणको परिकल्पना :

मावन बस्तीमा खोला पसेर बितण्डा मच्चाउने समस्या एकातिर अर्कोतिर दिनदिनै जडिबुटी भक्तपुर सडक जामको चपेटामा परेर एम्बुलेन्समै कयौ विरामीको ज्यान जाने अबस्था आए पछि यो दुबै समस्या समाधानको लागि एउटै उपाय निकाले महेश बस्नेतले, त्यो हो हनुमन्ते करिडोर । हनुमन्ते करिडोर निर्माणको डिपिआर बनाउने मात्रै होइन हनुमन्ते करिडोर निर्माणको अगुवाईसमेत उनैले गरे । प्रत्येक क्ल्ष्टरमा उपभोक्ता समिति बनाएर उनले करिडोर निर्माणको काम सुरु गराए, त्यसको लागि बजेटको ब्यबस्थापन गराए । त्यही हनुमन्ते करिडोर निर्माण भएपछि आजसम्म त्यहाँको पानी मध्यपुरथिमि, राधेराधेको बस्तीमा पसेको छैन ।

करिडोर निर्माण पुरा गर्ने उनको सपनामा नेपाली काँग्रेसका नेता र गठबन्धन सरकार बाधक बन्दा २ अर्ब बजेट यसै वर्ष फिर्ता गयो । तर पनि महेश बस्नेतले हरेस खाएका छैनन्, यो आयोजनालाई पूर्णता दिने योजनामा छन् । हनुमन्तेमा हरेक वर्ष फोहोरको थुप्रो भरिए पनि हनुमन्ते नदि सरसफाई अभियान यिनै महेश बस्नेतले चलाए । १०० हप्तासम्म यो अभियान सञ्चालन गरेर स्थानीय दुई नगरपालिकालई यसको जिम्मा लगाएका छन् ।

कोरोना महामारीमा महेश बस्नेत :

विश्वव्यापी रुपमा कोरोना महामारी फैलिरहयो । यो अबस्थामा महेश बस्नेतले आफ्नो जिल्लाका नागरिकका लागि स्वास्थ्य उपचारको पहुँच पुर्याउन निरन्तर लागि रहे । कोरोना महामारीको जोखिम मात्रै होइन आफ्नै परिवारको सदस्य र स्वयं आफै पनि महामारीको चपेटामा पर्दा पनि महेश बस्नेतले जनसेवालाई रोकेनन् । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकार मार्फत भक्तपुरका अस्पतालहरुमा करोडौ बजेटको व्यबस्थापन गराउदै आइसियू, एनआइसियू, भेन्टिलेटर, कोरोना वार्डको व्यबस्था गरि बिरामीलाई उपचारको व्यबस्था मिलाए ।

महेश बस्नेतले अत्यावश्यक अक्सिजन अभावलाई टार्न धेरै ठाउँबाट अस्पतालहरुमा अक्सिजनको जोहो गरिदिए । शैया नपाएका विरामीलाइृ त्यसको ब्यबस्थापन गर्ने, निःशुल्क पिसिआर परीक्षणमा टेवा पुर्याए । मास्क, स्यानेटाइजर बितरण, जनचेतना फैलाउने काम, मजदुर र गरिबका लागि निःशुल्क खानाको व्यबस्था, सडकमा अलपत्र परेकालाई घर फर्काउने व्यबस्था, उद्धारका कार्यहरुमा निरन्तर लागि रहे ।

त्यतिखेरको विपदमा पनि महेश बस्नेतको त्यो कदमलाई साथ दिन अरु कुनै दलका कोही नेता आएनन् । न त अरु नेताले आफैले त्यस्ता अभियान नै चलाए । त्यसैले पनि महेश बस्नेतलाई यहाँका जनताले भक्तपुरका शान भन्ने गरेका छ्न् । भक्तपुरलाई प्रतिनिधित्व गर्दै राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने, जनपक्षीय निर्णय लिन सक्ने साहस, दया र करुणा भएका नेता, भक्तपुरका जनताको समस्यालाई नजिकबाट नियालेका बस्नेतलाई जनताले यहीँ मंसीर ४ गतेको निर्वाचनमा अत्यधिक मतले विजयी गराउनेमा उनी ढुक्क छन् ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।