हामीसँग जोडिनुहोस

मंसिर दोस्रो सातादेखि रासायनिक मल आउने

1 मिनेट

काठ्माडौं, ५ मंसिर ।
मङ्सिर दोस्रो सातादेखि भारतसँग भएको सम्झौताअनुसार ३० हजार मेट्रिक टन रासायनिक मल आउने भएको छ। सरकारदेखि सरकार (जीटुजी) सम्झौताअनुसार ल्याउन लागिएको उक्त मल खरिद गर्न तीन अर्ब २६ करोड रुपियाँ पठाइसकेकाले दोस्रो साता आइपुग्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
भारतले जीटुजीमार्फत नेपाललाई वार्षिक कम्तीमा एक लाख मेट्रिक टन युरिया तथा ५० हजार टन डीएपी मल उपलब्ध गराउने गरी गत वर्ष फागुन दोस्रो साता समझदारीपत्रमा हस्ताक्षर भएको थियो। सोही सम्झौताअनुसार पहिलो चरणमा ३० हजार मेट्रिक टन रासायनिक मल आउन लागेको हो। जीटुजीमार्फत दोस्रो वर्षमा एक लाख ७० हजार मेट्रिक टन, तेस्रो वर्षमा एक लाख ९५ हजार मेट्रिक टन, चौथो तथा पाँचौँ वर्षमा दुई लाख १० हजार मेट्रिक टन रासायनिक मल उपलब्ध गराउने सम्झौता भएको थियो।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।