हामीसँग जोडिनुहोस

फिफा विश्वकपको खेलमा फ्रान्स विजयी

1 मिनेट

काठमाडौं, ११ मंसिर । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘डी’को खेलमा डेनमार्कलाई पराजित गर्दै फ्रान्स विजयी भएको छ ।
दोहास्थित रंगशाला ९७४ रंगशालामा भएको खेलमा फ्रान्सले डेनमार्कलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।
डेनमार्क विरुद्धको जीतसँगै फ्रान्स नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
फ्रान्सको जीतमा किलियन एमबाप्पेले २ गोल गरे । खेलको दोस्रो हाफको ६१औं मिनेटमा एमबाप्पेले गोल गर्दै शुरूआती अग्रता दिलाए । त्यसको केहीबेरमा नै डेनमार्कले बराबरी गोल गर्न सफल भयो ।
खेलको ६८औं मिनेटमा डेनमार्कका लागि आन्द्रेस क्रिस्टेन्सनले कर्नरमा आएको बललाई हेडरमार्फत् गोल गर्दै खेललै १–१ गोलको बराबरीमा ल्याए ।
खेलको ८६औं मिनेटमा फ्रान्सका लागि एमबाप्पेले दोस्रो गोल गर्दै जीत सुनिश्चित गरे । फ्रान्सले २ खेलमा ६ अंक जोडेको छ । यसै समूहमा रहेका अस्ट्रेलियासँग ३ तथा डेनमार्क र ट्युनिसियाको समान १–१ अंक छ ।

naikap mahotsab

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।