हामीसँग जोडिनुहोस

नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरकाे ४० औं स्थापना दिवस सम्पन्न

1 मिनेट

श्रावण २० । नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरले ४० औं स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसको उद्घाटन गर्दै संस्थापक सभापति तिर्थ राणाले चालिस वर्ष अगाडि स्थापना गरिएको नेपाल क्षयरोग निवारण संस्था भक्तपुर आजसम्म निरन्तर अगाडि बढिरहेको देख्दा ज्यादै खुशी लागेका बताउनुभयो । भक्तपुरमा क्षयरोग नियन्त्रणको अभियानमा संस्था क्रियाशील रहेकोमा प्रशंन्ता व्यक्त गर्दै अहिलेपनि क्षयरोगको समस्या विकराल रुपमा रहेमा चिन्ताव्यक्त गर्नुभयो । संस्थाका सभापति राम सिख्वःको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका सचिव राजेश्वरी शिल्पकारले भक्तपुरमा क्षयरोगको अवस्था, समस्या र चुनौतिका बारेमा प्रकाश पार्नुभएको थियो । सोही कार्यक्रममा स्वास्थ्य कार्यालय भक्तपुरका फोकल पर्सन धनजय अर्यालले भक्तपुर जिल्लामा सबैको सहयोगले राष्ट्रिय मापदण्ड भन्दा बढी नै क्षयरोग नियन्त्रण गर्न सफल रहेको बताउँदै भक्तपुर र मध्यपुर थिमिनगरमा अझै पहिलाकै दरमा क्षयरोगको विरामी रहेकाले अझ व्यापक रुपमा क्षयरोग नियन्त्रण अभियानमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल क्षयरोग निवारण संस्था र विभिन्न संघसंस्थाहरुको क्रियाशीलताले भक्तपुरमा क्षयरोग नियन्त्रणमा गुणात्मक रुपमा प्रगति हासिल गर्न सफल भएको बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख प्रार्थमणि अर्याल, लक्ष्मण सुजखुलगायतले क्षयरोग निवारण संस्था भक्तपुरले क्षयरोगको क्षेत्रमा पु¥याएको योगदानको बारेमा चर्चा गर्नुभएको थियो । जिल्ला समन्वय समितिको हलमा भएको कार्यक्रममा भक्तपुर जिल्लामा चार वटानगरपालिकाहरु मध्ये मध्यपुर थिमिनगरपालिकाबाटविगत ३ वर्षदेखि क्षयरोग नियन्त्रणकार्यक्रम साझेदारी गर्दै आइरहेको छ भने राष्ट्रिय क्षयरोग केन्द्रबाट नियमित रुपमा क्षयरोग नियन्त्रण कार्यक्रम सहकार्य गर्दै आइरहेको जानकारी निवर्तमान सभापति बाबुकाजी श्रेष्ठले सञ्चारकर्मीहरुलाई दिनुभयो । श्रेष्ठले जनस्वास्थ्य समस्याको रुपमा रहेको क्षयरोगलाई राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रम सफल बनाउन स्थानीय सरकारलेप्राथमिकताका साथ हेरी संस्थासंग सहकार्य गर्न आग्रह समेत गर्नुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।