
-संजय खड्का
भक्तपुर, ८ माघ । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको पाँचौं अधिवेशनबाट धर्मराज वस्नेत अध्यक्षमा निर्वाचित हुनु भएको छ । सुर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलमा अवस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका संरक्षक भरतमणि जंगम प्रमूख अतिथि, बिशेष अतिथि बाग्मती प्रदेश सभा सदस्य माननीय किरण थापा, अतिथि सुर्यविनायक नगरपालिका-८ का वडाध्यक्ष पुष्पराज वस्नेत लगाएतको उपस्थितिमा उदघाटन समारोह सम्पन्न भएको थियो ।
शनिवार सम्पन्न पाँचौ अधिवेशनबाट केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको नवविर्वाचित कार्यसमितिको निर्वाचनमा अध्यक्षमा धर्मराज बस्नेत १०६२ मत, बरिष्ठ उपााध्यक्षमा आत्माराम थापा १०१५ मत, उपाध्यक्षमा रामेश्वर बोहरा १०२१ मत, महिला उपाध्यक्षमा निर्मला संजेल निर्विरोध, महासचिवमा हरिशरण बस्नेत ११०३ मत, कोषाध्यक्षमा रत्न प्रसाद छुकां निर्विरोध, सचिवमा कविराम थापा र घनश्याम थापा दुवै निर्विरोध, सह–कोषाध्यक्षमा केदारप्रसाद उपाध्याय (सत्याल) १०५७ मतले विजयी हुनु भएको थियो ।
त्यसै गरी महिला सदस्यमा तारा खड्का बस्नेत १०१२ मत र रेखा थापा ९५९ मतले विजयी हुनु भएको छ । साथै खुला सदस्यमा राकेश थापा १०९० मत, हरि चन्द्र थापा १०२९ मत, बद्रि बहादुर भट्टराई १००४ मत, राजेन्द्र त्वाती ९६७, हरिहर ढुंगाना ९५६ मत र दिपबहादुर तामाङ ९१६ मतले विजयी भइ १७ सदस्यीय कार्यसमिति चयन भएको छ । अधिवेशनमा उक्त समितिका १७६२ जना आजिवन सदस्यले मतदान गरेका थिए ।