हामीसँग जोडिनुहोस

मीनकुमारी राणा प्रतिष्ठानद्धारा बिभिन्न चार व्यक्तितवलाई पुरस्कार, दुई विद्यालयलाई छात्रबृत्ति प्रदान

देशका लागि राजनीतिक स्थिरता आवश्यकः नेपालका प्रथम राष्ट्रपति यादव

4 मिनेट

-रमेश गिरी

भक्तपुर, ८ माघ । मीनकुमारी राणा प्रतिष्ठान बालकोटले आज बिभिन्न व्यक्तित्वहरुलाई पुरस्कार एवं सम्मान र दुई विद्यालयलाई छात्रबृत्ति कोष स्थापना गरेको छ ।

नेपालका प्रथम एवं पूर्व राष्ट्रपति रामवरण यादवले आज भक्तपुरमा प्रतिष्ठानद्धारा आयोजना गरेको पुरस्कार एवं छात्रबृत्ति वितरण कार्यक्रममा नगद पुरस्कार सहित सम्मान एवं छात्रबृत्ति कोष रकम प्रदान गर्नु भएको हो ।

कार्यक्रममा पूर्व राष्ट्रपति यावदले प्रतिष्ठानले प्रदान गरेको मीनकुमारी स्मृति पुरस्कारबाट जनही रु. ५१ हजारसहित वरिष्ट साहित्यकार धु्रवचन्द्र गौतम, वरिष्ट पत्रकार हरिहर विरही, प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेत र वरिष्ट बक्सिङ्ग प्रशिक्षक मदनकुमार गुरुङ्गलाई पुरस्कार एवं सम्मान प्रदान गर्नु भयो ।

सम्मानित व्यक्तित्वलाई नगद पुरस्कारसहितको थैली प्रतिष्ठानका अध्यक्ष कविर राणाले प्रदान गर्नु भयो । कार्यक्रममा राणा परिवारले एसएलसी उतीर्ण गरेको विद्यालय आदर्श माध्यमिक विद्यालय (डिएमपिएस) सानोठिमीका पूर्व विद्यार्थी समाजका अध्यक्ष सुवासचन्द्र ढुङ्गेल र स्व. राणाले अध्ययन गरेको बैङ्कोटेश्वर गुरुकुल विद्यालयलाई रु. ५१ हजारसहित छात्रबृत्ति कोष स्थापना गर्न अध्यक्ष राणाले नगद हस्तान्तरण गर्नु भयो ।

कार्यक्रममा पूर्व राष्ट्रपति यादवले नेपालमा धेरे क्रान्ति भएपनि देशको अझै राजनीतिक स्थिरता पाउन नसकेको बताउनु भयो । उहाँले देशलाई स्थिर राजनीतिक व्यबस्था आवश्यक रहेको बताउनु भएको हो ।

उहाँले भन्नुभयो, “ नेपालमा २००७ साल २०१७ साल र त्यस पछि पनि धेरै क्रान्ति भए । देशमा संविधान पनि राम्रै बन्यो, मैले त्यसमा भूमिका राम्रै निर्वाह गरे तर देशले अझै पनि राजनीतिक स्थिरता पाउन सकेको छैन, जनतालाई आड भरोसा र विश्वास दिलाउन सकेको छैन । जनताको तहसम्म परिवर्तन पुगेको छैन ।”

उहाँले असल छोराहरुले मात्रै आफ्ना बाबुआमालाई सधै जीवन्त राख्ने र सम्झने गरि कार्यक्रम गर्ने बताउदै स्व.राणाको छोराहरु असल रहेको नमूना प्रस्तुत गरेको चर्चा गर्नु भयो ।

कार्यक्रममा पूर्व राष्ट्रपति यावदले प्रतिष्ठानले प्रदान गरेको मीनकुमारी स्मृति पुरस्कारबाट जनही रु. ५१ हजारसहित वरिष्ट साहित्यकार धु्रवचन्द्र गौतम, वरिष्ट पत्रकार हरिहर विरही, प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेत र वरिष्ट बक्सिङ्ग प्रशिक्षक मदनकुमार गुरुङ्गलाई पुरस्कार एवं सम्मान प्रदान गर्नु भयो ।

सम्मानित व्यक्तित्वलाई नगद पुरस्कारसहितको थैली प्रतिष्ठानका अध्यक्ष कविर राणाले प्रदान गर्नु भयो । कार्यक्रममा राणा परिवारले एसएलसी उतीर्ण गरेको विद्यालय आदर्श माध्यमिक विद्यालय (डिएमपिएस) सानोठिमीका पूर्व विद्यार्थी समाजका अध्यक्ष सुवासचन्द्र ढुङ्गेल र स्व. राणाले अध्ययन गरेको बैङ्कोटेश्वर गुरुकुल विद्यालयलाई रु. ५१ हजारसहित छात्रबृत्ति कोष स्थापना गर्न अध्यक्ष राणाले नगद हस्तान्तरण गर्नु भयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं सांसद बिनोद चौधरी, काँग्रेस नेता एवं पूर्व सांसद लेखनाथ न्यौपाने, काँग्रेस भक्तपुर सभापति एवं सांसद दूर्लभ थापाले स्वर्गीय राणाको दिएको असर संस्कार र योगदानले कर्मठ सन्तान पाएको भन्दै राणा परिवारले गरेको राजनीति, सामाजिक सेवाका कर्मले समाजलाई योगदान पुर्याएको चर्चा गर्नु भयो ।

सम्मानित व्यक्तित्वहरु साहित्यका गौतम, पत्रकार बिरही र बस्नेतले प्रतिष्ठान स्थापना, यसले सुरु गरेको असल कामले सबैलाई प्रोत्साहन मिल्ने बताउनु भयो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष राणाले जुनसुकै काम पनि आफ्ना मातापितालाई सम्झेर उहाँहरुले देखाएको असल बाटोलाई अंगिकार गर्दै आफूहरु अगाडि बढेको बताउदैे नेपाली काँग्रेसको भक्तपुर जिल्ला कार्यालयको भवन निर्माणका लागि प्रतिष्ठानको तर्फबाट रु. एक लाख पाँच हजार प्रदान गर्ने घोषणा समेत गर्नु भयो ।

त्यसअवसरमा प्रतिष्ठानका महासचिव रबि राणाले स्वर्गीय आमाको स्मरणमा प्रतिष्ठान स्थापना गरि पहिलो वर्षमै वरिष्ट व्यक्तित्वलाई पुृरस्कार र विद्यार्थीका लागि छात्रबृत्ति कोष स्थापना गरेर आमालाई जीवन्त राखेको बताउनु भयो ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।