हामीसँग जोडिनुहोस

रेडियो हिमालयनको १८ घण्टे सेवा शुभारम्भ…

1 मिनेट

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोलको जगातेमा ५०० वार्टको क्षमता रहेको रेडियो हिमालयन ९९.७ मेगाहर्जको शनिवारबाट पूर्णकालिन रुपमा संचालनमा आएको छ । विहान ५ बजेदेखि राती ११ बजेसम्म दैनिक १८ घण्टा नियमित रुपमा प्रशारण हुनेगरि उक्त रेडियो शनिवारबाट संचालनमा आएको हो ।


२१ औ शताब्दीको वर्तमान समयमा छिटोभन्दा छिटो समाचार एवं खबरहरु आम श्रोता समक्ष पुर्याउने मुख्य उदेश्य सहित बिभिन्न विकास, समृद्धि, चेतना, राजनीति, संस्कृति, ईतिहास, धार्मिक, साँस्कृतिक, शिक्षा, स्वास्थ्य, मनोरञ्जनलाई बिभिन्न कार्यक्रम मार्फत आम श्रोता माझ पुर्याउने उदेश्य सहित रेडियो हिमालयन संचालनमा आएको रेडियो हिमालयनका अध्यक्ष रबि खड्काले बताउनुभयो ।
छिटो भन्दा छिटो सूचना र समाचार सम्प्रेषण सहित बिभिन्न कार्यक्रमहरु उत्पादन र सम्प्रेषण गर्दै रेडियो हिमालयनको अनलाईन संस्करण मार्फत एकैसाथ विश्वभर सुन्न सकिने यो रेडियोले स्वदेश तथा विदेशमा रहेका श्रोताहरुको मन जित्न सफल हुने एफ.एम.का कार्यकारी निर्देशक सोम शर्मा (बजगाई) ले जानकारी दिनुभयो ।
देशको खबर मात्रै नभई जिल्लाका महत्वपूर्ण खबरहरु, स्थानीय खबरहरुका साथै एउटा छुट्टै पहिचानका साथ ‘हरेक पल, फरक अनुभूति’ भन्ने स्लोगनका साथ संचालनमा आएको यस रेडियोले आम श्रोताको मन जित्ने गरि बिभिन्न पक्षलाई समेटेर कार्यक्रम उत्पादन तथा प्रशारण गर्ने भएको छ । एम.एस. ईन्टरप्राईजेज कम्पनीबाट संचालित रेडियो हिमालयनमा बिबिसि नेपाली सेवा सहित आफैले उत्पादन गरेको ६ वटा समाचार बुलेटिन प्रस्तुत गर्ने भएको छ ।
अडियोका साथै अनलाईन मार्फत भिडियो सेवा समेत संचालन गर्ने गरि बिभिन्न कार्यक्रमहरु उत्पादन गर्ने र प्रशासन गर्ने उदेश्य र हजारौ श्रोताहरुको मन जित्ने कार्यक्रमहरु प्रस्तुत गर्नेगरि तयारी गरिएको छ ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।