हामीसँग जोडिनुहोस

कथा : बलात्कृत आँसुहरु

5 मिनेट


रमेश गिरी“आशा”
मध्यरातमा बस्तीहरुमा सुनसान छाइरहेको छ । सिंगो बस्ती मस्त निदाइरहेको छ । कुुकुरहरु भुकेको आवाजले बस्ती आतकित पार्न खोजेपनि व्यर्थ भएको छ । आकाशमा अनगिन्ती ताराहरुसँगै उदाएको जुनले निप्पट अँध्यारोलाई चिरिरहेको छ ।
बस्तीको छेउमा रहेको एउटा सुन्दर घरभित्रको कोठामा मधुरो बत्ति बलिरहेको छ । भित्तामा झुण्ड्याइएको घडीको टिकटिक आवाजले सकय बितिरहेको आभाष दिइरहेको छ । चिटिकक किलेको कोठाको पलङमा मस्त निदाइरहेकी छे कल्याणी । छिप्पिँदै गएको रातसँगै निद्रामा दिनभरको थकान मेटाएको उनलाईघडीको टिकटिक आवाजले अँह ! अलिकति पनि छोएको छैन ।
मध्यरातमा मस्त निदाइरहेकी कल्याणीको शरिरमाथि अचानक एउटा पुरुष चढ्छ । मस्त निद्रामै झसङ्गहुन्छे ऊ । पुरुषले शरीरमाथि चढेर मनोमानी गर्न थाल्छ, मुख जोड्न खोज्छ । तब आफ्नो मुख थुन्छे अनि पुरुषत्व पोख्न आतुर पुरुषले कुनै पर्वाह नगरी उनको शरीरको लुगा फटाफट खोल्न थाल्छ ।
आफू सर्वाङ्ग भएको पनि सायद उसलाई याद हुँदैन कल्याणीलाई पनि सर्वाङ्ग बनाउँछ र चढ्छ उनको शरीरमाथि । ऊ, मुर्दासरी लडिदिन्छे त्यसपछि अङ्गअङ्ग टोक्न थाल्छ, कोतर्न थाल्छ । पीडासँगै कल्याणी कराउँछे, तर शरीरमाथि चढेर उफ्रिरहेको त्यस पुरुुष अँह, कल्याणीको चिच्याहट पटक्कै सुन्दैन । नत उनको आँखाबाट बरबरी बहेका अआँसुलाई नै देख्छ । केहीबेर मै आफ्नो पुरुषत्व पोख्छ र पहाड कोरेर थाकेझै लथ्रक्क परेर पल्छिन्छ, ओछयानमा । कल्याणीको मुखमा एक पटक पनि नहेरी उता फर्कन्छ ।
कल्याण्ीको आँखाबाट बगेका आँसु थाकिदैनन् । विवाह गरेको पनि झण्डै पाँच वर्ष बित्न लागिसक्यो । तर अहँ विवाहको रातदेखि आजसम्म पनि उनले लोग्नेबाट कल्यिै सुखको अनुभूतिगर्न सकिनन, न त मायाको आभाष नै । कयौ पटक त उनका शरीरमा टोक्दा रगत बगेका थिए र । अङ्गप्रत्यङ्गकयौ दिनसम्म चराइरहेको थिए, निलडाम गनिनसक्नु थिए । तर, पनि सहँदै आएकी थिइ । लोग्नेको शरीरमाथि स्वास्नीको पनि उत्तिकै अधिकार हुन्छ तर उसले त्यो अधिकार कहिल्यै पाइन । लोग्नेले भने हर बखत स्वास्नीको शरीरमाथि लोग्नेको अधिकार हुन्छ भनदै जोतिरह्यो । तर, कहिल्यै पनि आफ्ले पाउने सुखमा स्वास्नीको सुख समेटने प्रयास गरेन ।
सर्वाङ्गशरीरलाई लुगाले ठाक्छे र सिरानीमा राखेको पछयौरीले आँसु पुच्छे । उठ्र बस्छे, त्यसपछि लोग्नेले दिएको हरेक दिनरातको पीडााई बल्झाउन थाल्छे । आज धेरैपछि फेरी उसलाई विविहको रात याद आएको छ । विवाहको दिन एउटी कुमारी श्रीमती बन्छे,ठूलाठूला सपनाहरु रातदेखि नै सुनौलो रातको उदय गराउँछे ।
कल्याण्ीको बिहे पनि धुमधामले नै भएको थियो । आफू सानै छँदै बाबु गमाएर बाबुको माया नपाएपनि आमा र दाजुको मायामा हुर्केकी केटी हो । दुःख र कष्टकी अनुभुति नगरेकी उनले विवाहअघि नै आमालाई पनि गुमाउनु पर्दा ठूलो पीडाको अनुभूति भने गरेकी थिइ । जब दाजुको विवाह भयो तब भाउजुबाट अपहेलित हुँदै धेरै लाञ्छना खोप्दै आए पनि अँह भाउजुको विरुद्ध कुनै दिन दाजुसँग गुनासो गरिन् ।
उनकै कारण घरमा प्रायजसो भाउजुले दाजुसँग रडाको निकाल्न थालेपछि घरै छाडेर जाऊँजस्तो नलागेको पनि होइन । तर, विवाह गर्दिन पनि भन्न सकिन उनले । भाउजुलाई जसरी पनि नन्द पन्छाउनु थियो । कल्याणीलाई पनि सधै घरमा रडाको मच्चाएर बस्नुभन्दा बिहे गर्नु नै उचित लाग्यो र हअुन्छ भनिदिइए ।
विवाहको टुङ्गो लागेदेखि नै उनले जीवनका धेरै सपनाहरु बुन्न थालिन् । बिहेपछि यस्तो गर्छु, उस्तो गर्छु, घरलाई स्वर्ग बनाउँछु, लोग्नेसँगको सुखद जीवन बिताउँछु भन्ने थुप्रै सपना सजाएकी थिई । बिहे कै दिन जग्गेमा पनि श्रीमानले जिस्क्याउँदा लाजले भुतुक्क भएकी उनले यही लोग्नेसँग सात फेरो घुम्दा सात जुनी बिताउने कसम खाएकी थिई ।
विवाहको पहिलो रात नर्बिसने आनन्दाको रात हुन्छ भनेर उनकै साथीहरुले भनेका थिए । भरिएको जवानीलाई लोग्नेको स्पर्श पगाल्दा हुने स्वर्गानुभूतिको वर्णन पनि गरेका थिए । त्यही स्वर्गानुभूति पाउने कल्पनामा बसेकी कल्याणी पहिलो रातमा लोग्ने रक्सीले मात्तिएर आएपछि झस्किएकी थिई । माया, प्रेम र कुनै स्पर्श बित्रना नै बाघले झम्टिएझै झम्टिएर लडाएर एक्कारी शरीरमाथि चढेपछि आतिएर चिच्याएकी थिई । धेरै पीडा भएको थियो त्यस दिन, रात अनिँदै बितेको थियो । साथीहरुले भनेजस्तो स्वर्गानुभूति हाइन त्यो रात पीडैपीडाले भरिएको थियो । त्यसपछि कुनै पनि रात उनले आनन्दले निदाएकी छैन न त कुनै दिन स्वर्गानुभूति नै भएको छ ।
कहिले त कल्याणीलाई ऊ आफ्नै लोग्ने जस्तो लाग्दैनथ्यो । एउटा राक्षसरुपी यौन पिपासुझै लाग्थ्यो , लोग्नेले कयौ रात उनलाई कोठाभित्र जबर्जस्ती रक्सी खुवाएको थियो । रक्सी नखाए कुट्थ्यो । पिट्थ्यो अनि जब रक्सीले मातिन्थ्यो अनि टोक्न र चिथोर्न थाल्थ्यो । उनलाई सर्वाङ्ग राखेर घण्टौसम्म हेरेर रक्सी पिउँथ्यो, अनेकौ आसन बदल्न लगाउथ्यो , मानौ ऊ यौनको विज्ञ नै हो । उनले त्यस्तो व्यवहारको प्रतिराध नगरेकी पनि होइनन्, तर धमक्याउँथ्यो । त्यस्तै विवशतामा स्मल्लिँदै झण्डैपाँच वर्ष बिताई ।
हरेक दिनको पीडाबाट मुतm हुन नखोजेकी पनि होइन । घर छोडेर एउटै सहारा बनेको माइती नगएकी पनि हाइन तर माइतिमा दुई रात मै भाउजुले एउटा लोग्नेलाई रिझएर सुख दिन नसक्नेलाई माइतिमा पाइला र।ाख्ने पनि अधिकार छैन भनेर निकालेपछि उसले आफ्ना लागि माइतिको ढोका सधैका लागि बन्द गरेर आएकी थिई ।
हरेक पीडा सहेर पनि उनले आमा बन्ने चाहाना राखेकी थिई । आफ्नो नारित्वलाई पूर्णता दिन चाहेकी थिई तर‘प्ले ब्वाई‘ जस्तो लोग्नेले अँह बच्चा समेत जन्माउन मानेन । यौन सुखमा कमी आउने भ्रमले नारीको आमा बन्ने अधिकार पनि खोसिदियो । त्यसपछि त उसलाई विप खाएर मरुँजस्तो नलागेको पनि होइन । अनि समाजमा आफ्ना पीडालाई छताछुल्ल पोखेर सम्बन्ध बिच्छेदका लागि अदालतको ढोका ढक्ढक्याउन मन नलागेको पनि होइन । तर, यतिसम्म कदम चाल्न सहयोग गर्ने कोही भएन । आफ्नो माइति र साथीहरुले नै आफै बद्नाम हुने यस्ता कदम चालेर समाजमा बनि नसक्ने कुरा सुनाएपछि लोग्नेबाट हुने बलात्कारको विरुद्ध जान पनि सकिन । मानुनले वैवाहिक बलात्कारलाई दण्डनीय अपराध मानेको छ भने उनलाई थाहा नभएको पनि हाइन तर, पीडालाई समाजमा छरपप्ट पोखेर खिल्लीको पात्र बन्न पनि चाहिअनन् ।
मध्यरात छिप्पिँदै गएर झण्डै तीन बजिसक्यो । तर, कल्याणीलाई अहँ निद्रा लागेको छैन । न त आँसु नै रित्तिएको छ । घडीको सुई जस्तै भाग्यको सुई बिनाउपलब्धी फनफनी घुमेको देखेर दिक्क बनेकी कल्याण्ीले एउटै पलङको शरीरलाई ढाक्ने चेष्टा समेत नगरी निदाएको उसको शरीरलाई नियाल्दै त्यसलाई टुक्रा–टुक्रा पारिदिऊँ जस्तो नलागेको पनि हाइन कल्याणीलाई । तर, अहँ अपराधी भएर बाँचन पनि चाहिन ।
यो जीवनदेखि नै वाक्क भएकी कल्याणी अब मुतिm हुने अठोट गरेर जुरुक्क उठ्छे र दराजभित्र रहेको आफ्ना लुगा, गहनालाई पोको पार्छे । त्यसपछि बिस्तारै कोठामाबाट निस्कन्छे । आफ्ना सपनाहरुलाई त्यही कोठामै जलाएर बाहिरिन्छे । लोग्नेलाई छोडदा अलिकति पनि माया लाग्दैन । बरु घृणासँगै उनका पाइला छिटोेछटो चल्न थाल्छ ।
रात विस्तार हराउँदै जान्छ, कल्याणी पनि बस्तीबाट विस्तारै हराउँछे । दिनको उज्यालोसँगै कयौ डाँडा काटिसक्छे कल्याणीले । अब डाँडा काटिसक्छे कल्याणीले । अब कहिल्यै त्यो वस्तीमा नआउने बाचा गदै । आफू जन्मेर हुर्केको आँगनमा बाचा गर्दै । आफू जन्मेर हुर्केको आँगनमा पनि अब फर्केर नआउने अठोट लिएर गएकी कल्याणी यो बस्ती र शहरबाटै सधैका लागि हराउँछे ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।