हामीसँग जोडिनुहोस

पूर्व कप्तान लामिछानेले दायर गरेको रिट निवेदनमा आज सुनुवाई हुँदै

1 मिनेट

काठमाडौं,१४ फागुन ।

राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले क्रिकेट खेल्न विदेश जान पाउँ भन्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आज सुनुवाई हुँदैछ।

उच्च अदालत पाटनले धरौटीमा रिहा गर्दा विदेश जान नपाउने गरी दिएको आदेशविरुद्ध लामिछाने सर्वोच्च अदालत गएका थिए।शुक्रबार भएको सुनुवाईमा न्यायाधीश ईश्वर प्रसाद खतिवडाको एकल इजलासले लामिछानेविरुद्धको मुद्दा विचाराधीन रहेको अवस्थामा निवेदकले माग गरेबमोजिम कुनै आदेश दिन मनासिव नभएको भन्दै आजलाई पेश तोक्न आदेश दिएको थियो।खतिवडाको इजलासले महान्यायाधीवक्ताको कार्यालयले धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशविरुद्ध दिएको रिटसमेत सँगै पेश गर्न आदेश दिएको छ।

दुबईमा भोलि सुरु हुने आईसीसी विश्वकप लिग टूका चार खेल खेल्न जाने गरी सन्दीपले दिएको रिट निवेदनमा तत्काल सुनुवाई गरी टुंगो लगाउन आजलाई पेशी तोकिएको हो। लिग टू अन्तर्गत भोलि सुरु हुने खेलमा नेपालले यूएई र पपुवा न्यु गिनीसँग दुई–दुई खेल खेल्दैछ। खेलका लागि राष्ट्रिय टिमका अन्य सदस्य हिजै दुबई गएका छन्। अघिल्लो हप्ता काठमाडौंमा भएको खेलमा स्कटल्याण्ड र नामिबियाविरुद्धका ४ वटै खेल नेपालले क्लीन स्वीप गर्दा सन्दीपले सर्वाधिक १३ विकेट लिएका थिए।

नाबालिक बलात्कार आरोप लागेका लामिछानेलाई उच्च अदालत पाटनले २० लाख रुपैयाँमा धरौटीमा छाड्ने आदेश दिए पनि विदेश जान रोक लगाएको थियो।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।