हामीसँग जोडिनुहोस

काठमाण्डौ उपत्यकाको भक्तपुर, ललितपुर, कीर्तिपुरलगायतका क्षेत्रमा वर्षा

1 मिनेट

काठमाण्डौ,  फागुन १४ ।
काठमाण्डौ उपत्यकामा साढे ४ महिनापछि वर्षा भएको छ । यसअघि असोज २८ गतेमात्र काठमाण्डौ उपत्यकामा पानी परेको थियो ।

आज आइतवार काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा मेघगर्जनरचट्याङसहित सामान्य पानी परिरहेको छ । आकाशमा गड्याङगुडुङ र चट्याङसहित हावाहुरी चलेर वर्षा भइरहेको छ ।

काठमाण्डौ उपत्यकाको भक्तपुर, ललितपुर, कीर्तिपुर, साँखुलगायतका क्षेत्रमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनले बताउनुभयो । पश्चिमी वायुको प्रभावका कारण आज देशैभरिका पहाडी क्षेत्रमा मौसम बदली भएको छ ।

आज पोखरा, लमजुङ, गोरखालगायत क्षेत्रमा पनि वर्षा भएको छ । उच्च पहाडी क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । वर्षाको प्रणाली कमजोर हुँदै गएकाले केही घण्टा मै पानी रोकिने महाशाखाको अनुमान छ । तत्काल ठूलो वर्षा हुने कुनै सम्भावना भने नरहेको महाशाखाले जनाएको छ ।

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।