हामीसँग जोडिनुहोस

नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिमण्डल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

1 मिनेट

काठमाडौँ,फाल्गुन १८ ।

नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले निर्माण उद्योगको पछिल्लो समस्या र समाधानको उपायका बारेमा दाहाललाई जानकारी गराएको छ ।

भेटवार्ता क्रममा सिंहले बजेट सुनिश्चित नगरी आयोजनाहरू घोषणा गरिएका कारण व्यवसायीले ठूलो रकम भुक्तानी नपाएको गुनासो गर्नुभयो । रकम भुक्तानी नहुँदा निर्माण उद्योग असहज अवस्थामा रहेको बताउनुभयो । विना बजेटका नयाँ योजना घोषणा गर्नुभन्दा चालु अवस्थामा रहेका आयोजना सम्पन्न गर्ने कामलाई राज्यले प्राथमिकता दिनुपर्ने अध्यक्ष सिंहको भनाइ थियो ।

त्यस्तै आयोजनाहरू समयमै सम्पन्न नहुनुमा धेरै पक्ष जिम्मेवार हुँदाहुँदै एकोहोरो निर्माण व्यवसायीलाई मात्र दोषी देखाइएको अध्यक्ष सिंहले गुनासो गर्नुभयो  । जवाफमा प्रधानमन्त्री दाहालले व्यवसायीको सुझावलाई आफूलाई महत्त्वका साथ लिने बताउनुभयो । । रकम निकासा नभएका सम्बन्धमा पनि बुझ्ने बताउनुभयो ।  निर्माण व्यवसायीको टोलीले फागुन २८ गते राजधानीमा हुने महासंघको २४ औं साधारण सभाको प्रमुख आतिथ्यता ग्रहण गरिदिन आग्रह गरेको छ ।

 

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।