हामीसँग जोडिनुहोस

मौन अवधिमा निर्वाचन संहिता उल्लंघन गरेको भन्दै कांग्रेसलाई २४ घण्टे स्पष्टीकरण

0 मिनेट

काठमाडौं, २ चैत ।

निर्वाचन आयोगले उपराष्ट्रपति चुनावको मौन अवधिमा निर्वाचन संहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसलाई बुधबार २४ घण्टे स्पष्टीकरण सोधेको छ।

मौन अवधिमा जसपाका उम्मेदवारलाई मत हाल्ने निर्णय गरेको समाचार सञ्चारमाध्यममा आएको आधारमा स्पष्टीकरण सोधिएको निर्वाचन आयोगले जनाएको छ। सञ्चारमाध्यममा कांग्रेसले निर्वाचन संहिताप्रतिकूल हुने गरी निर्णय गरेको आएपछि त्यसबारे स्पष्टीकरण सोधिएको हो।

स्रोतका अनुसार २४ घण्टाभित्र निर्णयको प्रतिलिपिसहित जवाफ पठाउन भनिएको छ। बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले जसपाका उम्मेदवारलाई उपराष्ट्रपतिमा सघाउने निर्णय गरेको थियो।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।