हामीसँग जोडिनुहोस

भक्तपुर महोत्सव : करिब २ करोड ५० लाखको कारोवार, दैनिक उपभोग्य बस्तुमा बढ्दो आकर्षण

2 मिनेट

भक्तपुर, २८ चैत : भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा तथा नयाँवर्ष २०८० को अवसरमा भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको ९९ रोपनी क्षेत्रफलमा ६ दिनदेखी सञ्चालन भइरहेको ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९÷८०’ दुई करोड ५० लाखको कारोबार भएको छ ।

औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना तथा भक्तपुर जिल्ला खेलकुद विकाश समितिको सहयोगमा चैत २३ गतेदेखि सुरु भएको महोत्सवमा पाँच दिनमा दुई करोड ५० लाखको व्यापार भएको संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो । आज ५० लाखको कारोबार हुने अपेक्षा गरेको उहाँले जानकारी दिनुभयो ।

महोत्सवमा मानवीय जीवनमा दैनिक उपभोग हुने खाद्यान्न, बिभिन्न ब्राण्डका लत्ताकपडा, कृषि तथा हस्तकला, भाँडाकुडा, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, अटोमोवाईल, विभिन्न ब्राण्डका मोवाईल, सवारी साधन, खेलौना, सौन्दर्य, राष्ट्रिय तथा स्थानीय खाना महोत्सवलगायतका सामाग्रीहरुको २०० स्टल रहेका छन् ।

महोत्सवमा एकै थलोमा मानवीय जीवनाम आवश्यक पर्ने सम्पूर्ण सामानहरु सहजै उपलब्ध गराउने गरि २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको बताउदै संस्थाका अध्यक्ष महतले भन्नुभयो, “महोत्सवमा करिब पाँच लाख उपभोक्ताले अवलोकन गरि सेवा लिने अपेक्षा राखेका छौँ, अहिले दैनिक तीन हजारदेखि पाँच हजारसम्म मानिसहरु आउनु भएको छ । विगतका वर्षहरुमा झै यसवर्ष पनि नयाँ वर्षको दिन बैशाख १ गते र २ गते शनिबार एक लाख भन्दा बढी मानिस आउने अपेक्षा हामीले राखेका छौ ।”

यहाँ सबै स्टलबाट महोत्सव अबधीभर करिब १० देखि १२ करोड रुपैयाको कारोबार हुने अपेक्षा गरेको बताउदै उहाँले बैशाख ३ गतेसम्म चल्ने महोत्सवमा दैनिक नृत्य प्रतियोगितासमेत भइरहेको जानकारी दिनुभयो । यसवर्ष बिभिन्न व्यक्तित्वहरुलाई नगदसहितको पुरस्कार एवं सम्मान समेत गर्ने भएका छौँ महोत्सवका संयोजक एवं जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष दीपक थापाले ११ दिनसम्म सञ्चालन हुने महोत्सवमा २०० वटा स्टल रहेको बताउनु भयो ।

महोत्सवमा भक्तपुर, काभ्रे, ललितपुर र काठमाडौं जिल्लामा बसोबास गर्दै आउनु भएका बिभिन्न जिल्लाका उपभोक्ताहरुको आकर्षण दैनिक उपभोग्य सामाग्री र लत्ताकपडामा रहेको छ । उहाँले भन्नुभयो, “बालबालिकाको आकर्षण बिभिन्न मनोरञ्नात्मक खेलहरुमा रहेको छ, युवाहरुको आकर्षण दैनिक चर्चित कलाकारहरुको म्युजिकल एवं मनोरञ्नात्मक कार्यक्रममा रहेको छ, गृहणी तथा पाका उमेरकाको आकर्षण दैनिक उपभोग्य सामान र लत्रा कपडामा रहेको छ ।” सस्तो एकै थलोमा बच्चादेखि बृद्धसम्म, भान्छदेखि अटोमोवाइलसम्ममा सामानहरु पाउने भएपछि मेलामा उपभोक्ताको आकर्षण बढेको महोत्सवमा संयोजक दीपक थापाले बताउनु भयो ।

दैनिक सांगीतिक प्रस्तुती तथा बाल उद्यान

महोत्सवमा बालबालिकालाई लक्षित गरि बाल उद्यान, रोटेपिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, बिभिन्न खेल सामाग्रीका साथै दर्जनौं राष्ट्रिय स्तरका कलाकारहरुको सांगीतिक प्रस्तुती एवं हाँस्यव्यङ्यसहितका मनोरञ्जनात्मक प्रस्तुती रहने गरेको संयोजक थापाले जानकारी दिनुभयो ।

महोत्सवमा हरेक दिन बिभिन्न सांगीतिक व्याण्डको प्रस्तुति, नृत्य प्रतियोगिता, बि–बोईङ र चर्चित गायक गायिकाको प्रस्तुती दैनिक रहने उहाँले बताउनु भयो । महोत्सवमा भक्तपुरका मौलिक उत्पादन, काष्टकला, माटोको भाडा, पर्यटन प्रवर्दन गर्ने स्टलहरु निःशुल्क राखिने बताउदै बैशाख ४ गते भने विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरिने संयोजक थापाले बताउनु भयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।