हामीसँग जोडिनुहोस
Latest
मङ्लबार, साउन २६, २०८३

‘अडियो प्रकरण’ बारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बैठक बस्दै

1 मिनेट

काठमाडौं,२८ चैत ।

आफ्ना सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’ बारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बैठक बस्दैछ।

रास्वपाले मंगलबार बिहान ११ बजेका लागिअनुशासन आयोगको बैठक बोलाएको हो। पार्टी कार्यालय बसुन्धरामा बस्ने बैठकले श्रेष्ठबारे निर्णय गरेर केन्द्रीय समितिलाई सिफारिस गर्नेछ।

रास्वपा अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाका अनुसार श्रेष्ठले सोमबार नै स्पष्टीकरण बुझाइसकेका छन्। स्पष्टीकरणमा उनले आफूलाई जोडेर आएको अडियो नक्कली भएको दाबी गरेका छन् ।

अडियो सार्वजनिक भएलगत्तै आइतबार उनले एक विज्ञप्तिमार्फत आफूमाथिषड्यन्त्र भएको बताएका थिए। उनले यसविरुद्ध कानुनी उपचार खोज्ने बताएका थिए । पार्टीले भने छानबिनको निर्णय गर्दै उनलाई निलम्बन गरिसकेको छ।

श्रेष्ठ समानुपातिकतर्फबाट रास्वपाका सांसद बनेका हुन्।

 

ट्रेण्डिङ