हामीसँग जोडिनुहोस

‘अडियो प्रकरण’ बारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बैठक बस्दै

1 मिनेट

काठमाडौं,२८ चैत ।

आफ्ना सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’ बारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बैठक बस्दैछ।

रास्वपाले मंगलबार बिहान ११ बजेका लागिअनुशासन आयोगको बैठक बोलाएको हो। पार्टी कार्यालय बसुन्धरामा बस्ने बैठकले श्रेष्ठबारे निर्णय गरेर केन्द्रीय समितिलाई सिफारिस गर्नेछ।

रास्वपा अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाका अनुसार श्रेष्ठले सोमबार नै स्पष्टीकरण बुझाइसकेका छन्। स्पष्टीकरणमा उनले आफूलाई जोडेर आएको अडियो नक्कली भएको दाबी गरेका छन् ।

अडियो सार्वजनिक भएलगत्तै आइतबार उनले एक विज्ञप्तिमार्फत आफूमाथिषड्यन्त्र भएको बताएका थिए। उनले यसविरुद्ध कानुनी उपचार खोज्ने बताएका थिए । पार्टीले भने छानबिनको निर्णय गर्दै उनलाई निलम्बन गरिसकेको छ।

श्रेष्ठ समानुपातिकतर्फबाट रास्वपाका सांसद बनेका हुन्।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।