हामीसँग जोडिनुहोस

सेवा निवृत्त शिक्षकहरुका पेन्सन नरोक्न सरकारसँंग अपिल

1 मिनेट

भक्तपुर । सेवा निवृत्त शिक्षक समाज भक्तपुरले निवृत्तिभरण निकासा नभएकोमा सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार विज्ञप्ति प्रकाशित गरी समाजका अध्यक्ष अम्बिकामान मानन्धरले शिक्षकहरूको मात्र निवृत्तिभरण किन रोकिएको भनी प्रश्न समेत गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ– “सेवा निवृत्त शिक्षकहरूलाई निवृत्तिभरण (पेन्सन) सरकारको सामाजिक दायित्वभित्र पर्दछ । यो शिक्षक आन्दोलनका उपलब्धीहरूमध्येको एक हो ।

विगतमा नियमितरूपमा प्राप्त भइरहेको निवृत्तिभरण २०७९ चैत महिना नाघ्दा पनि सरकारले निवृत्तिभरण निकासा नगरेको जनाइएको छ । यसले निवृत्तिभरणको भरमा जीवन निर्वाह गरिरहेका ज्येष्ठ नागरिक शिक्षकहरू प्रभावित भएका छन् । समाजले शिघ्रातिशीघ्र शिक्षकहरूको निवृत्तिभरण निकासाको लागि सरकारसग अपिल गरेको छ ।

विज्ञप्तिमा के सरकार आर्थिकरूपले टाट पल्टेकै हो भन्ने प्रश्न गर्दै अगाडि भनिएको छ– यदि टाट पल्टेकै भए शिक्षकहरूको लागि मात्र निवृत्तिभरण किन रोकिन्छ ? के शिक्षकहरूलाई सरकारले विभेद गरेकै हो ?’

सरकारबाट शिक्षकहरूलाई विभेदपूर्ण व्यवहार नगरियोस् र निवृत्तिभरण यथाशीघ्र निकासा गरियोस् भन्दै विज्ञप्तिमा समाजको यो आग्रहलाई बेवास्ता गरे यसबाट उत्पन्न कुनै पनि स्थितिको जवाफदेही सरकार स्वयम् हुने चेतावनी पनि दिइएको छ ।

 

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।