हामीसँग जोडिनुहोस

पत्रकारलाई सम्मान, खेलाडी तथा नृत्य प्रतियोगीलाई नगद पुरस्कार प्रदान गर्दै सम्पन्न महोत्सव

1 मिनेट

भक्तपुर, ३ बैशाख । औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना तथा भक्तपुर जिल्ला खेलकुद विकाश समितिको सहयोगमा भक्तपुरमा आज सम्पन्न ११ दिने ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९÷८०’ मा राष्ट्रिय समाचार समितिका भक्तपुर समाचारदाता रमेश गिरीलाई सम्मान गरेको छ ।

लामो समय भक्तपुरमा पत्रकारिताको माध्यमबाट संस्कृति, पर्यटन तथा औधोगिक क्षेत्रको बिकासमा पुर्याएको योगदानको कदर गर्दै कार्यक्रममा प्रतिनिधिसभाका सांंसद एवं नेपाली काँग्रेसका नेता दूर्लभ थापाले सम्मान पत्र प्रदान गरि सम्मान गर्नु भएको हो । कार्यक्रममा लामो समय पत्रकारिता क्षेत्रमा योगदान दिने पत्रकार पेशल आचार्य र हेमराज ढकाललाई पनि सम्मान गरिएको छ ।

त्यसैगरि ११ दिने मेलामा आयोजना गरेको नृत्य प्रतियोतिामा प्रथम, द्धितिय, तृतिय, चौथो र पाँचौ हुनेलाई संस्थाले नगद पुरस्कार एवं प्रमाणपत्र प्रदान गरेको छ । नृत्य प्रतियोगितामा प्रथम हुने विपिना तामाङलाई नगद रु. ३० हजार, दोश्रो हुने परिचित पुरी र दिपसन कार्कीलाई नगद रु. २० हजार, अजय थिङ लामा रु. १० हजार र चौथो तथा पाँचौ स्थान हुने विनर राई तथा मनधवज तामाङलाई रु. तीन–तीन हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेको छ ।

प्रतियोगितामा निर्देशक, कलाकार एवं सञ्चारकर्मी सूर्य चन्द, नृत्य संयोजन एवं कोरियोग्राफर इन्द्र बिसुन्के र गायक तथा सञ्चारकर्मी सुमनकुमार श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो । त्यसैगरि भक्तपुर जिल्लामा रहेर बिभिन्न खेलकुद प्रतियोगितामा भाग लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक प्राप्त गर्न सफल सात जना खेलाडीलाई जनही नगद रु. पाँच हजारसहित सम्मान पत्र प्रदान गर्दै सम्मान गरेको छ ।

नगद पुरस्कारसहित सम्मानित हुनेहरुमा भारोत्तोलन खेलाडी रोशन मानन्धर, रतनसुन्दर नाखुसी, तारा सुवाल, कबड्डी खेलाडी सरमन प्रजापति, तेक्वाण्डो खेलाडी किरण सितुखु, सुस्मिता तामाङ, बक्सिङ खेलाडी बिजय बाटालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको हो ।

त्यसअवसरमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति दीपक थापा, संस्थाका अध्यक्ष सन्दिप महतले २०७१ सालदेखि भक्तपुरमा आयोजना गरेको भक्तपुर महोत्सव भक्तपुरको पर्यटन बिकास, औधोगिक, व्यापारिक क्षेत्रको बिकासमा टेवा पुर्याएको बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।