हामीसँग जोडिनुहोस

रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरूद्ध परेको रिटको सुनुवाइ हेर्न नभ्याइनेमा

1 मिनेट

काठमाडौं,१७ जेठ ।

कैलालीको टीकापुर घटनामा दोषी पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ।

बुधबार न्यायाधीश डा। आनन्दमोहन भट्टराईको इजलासमा पेशी तोकिए पनि समय अभावका कारण सुनुवाई हुन नसकेको हो । जेठ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरी सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय भोगिरहेका चौधरीको बाँकी कैद मिनाहा गरेका थिए।

१४ वर्ष ९ महिना कैद माफी भएपछि २० वर्ष कैदमा बस्नुपर्ने चौधरी ५ बर्ष ३ महिनामै जेलमुक्त भएका छन् । चौधरीलाई मुलुकका तिनै तहका अदालतले जन्मकैदको सजाय सुनाएका थिए।न्यायालयले न्याय गरे पनि सरकारले आफूहरूमाथि अन्याय गरेको भन्दै टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहरा कठायतले सर्वोच्चमा रिट दायर गरेकी हुन्।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।