
काठमाडौँ, १७ जेठ।
बाटोमा पैदल हिँड्दै गरेकी एक महिलाको सिक्री लुटपाट गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१ बस्ने पाण्डे भन्ने विष्णु तामाङ रहेका छन् ।गत चैत १७ गते काठमाडौँ महानगरापलिका–३२ स्थित पेप्सीकोलामा गेटवे मन्टेस्वरी स्कुल अगाडि भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–७ बस्ने मनमाया छुजुले घाँटीमा लगाएको ४ तोलाको सुनको सिक्री पछाडिबाट २ सय सिसीको पल्सर मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिहरूले लुटेर फरार भएका थिए । घटनापछि फरार रहेका
मोटरसाइकल चालक तामाङलाई प्रहरीले काठमाडौँको जोरपाटीबाट मंगलबार पक्राउ गर्न भएको थियो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बानेश्वर पठाइएको छ ।