
काठमाडौं, असार १८ ।
राष्ट्रियसभाको बैठक सोमबार बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा विनियोजन विधेयकको विभिन्न मन्त्रालयगत शीर्षकमाथि छलफल गर्ने कार्यसूची छ ।
वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, शहरी विकास र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका बजेट शीर्षकमाथि छलफल हुन लागेको हो ।
यस्तै शिक्षामन्त्री अशोककुमार राईले विधायन व्यवस्थापन समितीको प्रतिवेदनसहित नेपाल विश्वविद्यालय विधेयक छलफल र पारितका लागि प्रस्तुत गर्ने कार्यसूची छ।