हामीसँग जोडिनुहोस

एसईईको नतिजा २१ गतेभित्र सार्वजनिक, आज बोर्ड बैठक बस्दै

4 मिनेट
-रमेश गिरी
भक्तपुर, १८ असार : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । शैक्षिक सत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डका डा.महाश्रम शर्माले जानकारी दिनुभयो ।
उहाँले अहिले परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनको अन्तिम तयारीको कार्य गरिरहेको बताउदै उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर अहिले नतिजा कम्प्युटरमा चढाउने काम भइरहेको जानकारी दिनुभयो ।
“असारको तेस्रो साताभित्रमा नतिजा प्रकाशन गर्ने हाम्रो वार्षिक कार्य तालिकानै छ । त्यही आधारमा नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्याउका छौँ, उत्तरपुस्तिका परीक्षणको काम सकिएपछि अहिले प्राविधिक कामहरु भइहेका छन् ।”, बोर्डका अध्यक्ष डा. शर्माले भन्नुभयो,“ नम्बर कम्प्युटरमा चढाउने, सम्परीक्षण गर्ने, रुजु गर्ने लगायतका प्राबिधिक कार्य भइरहेका छन् । हतारिएर नतिजा प्रकाशति गरेर धेरै त्रुटी गर्नु भन्दा सकेसम्म त्रुटी नहुने गरि नतिजा प्रकाशनको तयारीमा जुटेका छौँ, जटिल प्राबिधिक समस्या नआए अबको चार–पाँच दिनभित्रै नतिजा सार्वजनिक गर्छौँ ।”
असार तेश्रो साता अर्थात २१ गते बिहिबारभित्र एसईईको नतिजा सार्वजनिक गर्ने तयारी बोर्डले गरेको छ । त्यही अनुसार गृहकार्य भइरहेको बताइएको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले परीक्षाफल असार तेश्रो साता भित्रै हुने बताउनु भयो । त्यसको अन्तिम तयारीमा तिब्र गतिमा काम भइरहेको उहाँको भनाई छ ।
गत चैत्त १७ गतेदेखि देशभरका २ हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कूल ४ लाख ८५ हजार ३९६ विद्यार्थीको सहभागीता रहेको थियो । परीक्षामा २ लाख ४२ हजार ७१२ जना छात्रा र २ लाख ४२ हजार ६७४ जना छात्रले परीक्षा दिएको उहाँले जानकारी दिनुभयो ।
कक्षा ९ देखि प्राविधिक धार समेत पठनपाठन गराउँदै आएका विद्यालयहरुबाट १५ हजार ४६१ जना परीक्षार्थीसमेत एसईईमा सहभागी थिए । पनिकाले परीक्षा सकिएपछि जिल्ला सदरमुकाममा केन्द्र तोकेर उत्तरपुस्तिका परीक्षण गराएको थियो ।
नतिजा प्रकाशन पद्धतिमा अन्योल :
एसईई नतिजा लेटर ग्रेडिङ निर्देशिका– २०७२  बाट गर्ने कि २०७८ अनुसार गर्ने भन्नेबारेमा अझै निर्णय नभएपछि विद्यार्थी र प्याब्सन एन प्याब्सन अन्योलमा परेका छन् । पुरानै लेटर ग्रेडिङ निर्देशिकाबाट गर्ने कि २०७८ को नयाँ पद्धतिबाट प्रकाशन गर्ने भन्ने विषयमा अहिलेसम्म टुङ्गो नलाग्दा विद्यार्थी र प्याब्सन, एन प्याब्सन अन्योलमा परेको एन प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले बताउनु भयो । बोर्डले गत वर्ष लेटर ग्रेडिङ निर्देशिका २०७८ कार्यविधि लागू गरेपनि नतिजा भने २०७२ को पद्धति अनुसार नै गरेको थियो ।
एन प्याब्सनका अध्यक्ष खड्काले भन्नुभयो, “यसपालि एसईई दिने विद्यार्थी पुरानो पाठ्यक्रमको अन्तिम व्याच हुन् । त्यसैले पुरानो निर्देशिका (२०७२) अनुसार नै नतिजा प्रकाशन हुनुपर्ने हाम्रो माग छ, नयाँ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशित भए अनुतीर्ण हुने विद्यार्थीको भविश्य अन्योल बन्छ, आगामी वर्षको एसईई परीक्षा नयाँ पाठ्यक्रम अनुसार प्रश्नपत्र आउँछ, जुन पुराना पाठ्यक्रम अध्ययन गर्ने विद्यार्थीलाई निकै मर्का पर्छ, त्यसैले यो अन्तिम पटक पुरानो निर्देशिका अनुसार नै नतिजा सार्वजनिक होस भन्ने हो ।”
२०७२ मा सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर ३५ प्रतिशत अंक ल्याएपनि विद्यार्थी उतीर्ण हुने व्यवस्था छ । २०७२ को पद्धति अनुसार नतिजा प्रकाशित भए ९० देखि १०० ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डी प्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी र २० भन्दा कम ल्याउनेलाई ई ग्रेड प्रदान गरिन्छ ।
नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अंक ल्याउनु पर्ने व्यवस्था छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्ने व्यवस्था छ ।
दुई विषयसम्म नन् ग्रेडिङमा परे तत्कालै ग्रेडवृद्धि परीक्षा दिन पाइने व्यवस्था गरिएको छभने त्यो भन्दा धेरै विषयमा नन्ग्रेडिङमा परे अर्को वर्ष ती विषयको परीक्षा दिन पाइने व्यवस्था गरिएको छ । यसअघि दुई भन्दा धेरै विषयमा नन्ग्रेडिङ आए सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो ।
बोर्ड बैठक आज : 
एसईईको नतिजा कुन पद्धतिमा गर्नेभन्नबारेमा निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्ने भएको छ । बोर्डले अन्तिम पटक २०७२ को पद्धति अनुसार नतिजा प्रकाशित गर्ने कि नयाँ निर्देशिका २०७८ अनुसार नतिजा सार्वजनिक गर्ने भन्नेबारेमा बोर्डले आज बैठक बसेर छलफल गर्ने भएको हो ।
बोर्डका अध्यक्ष डा. शर्माले भन्नुभयो, “एसईईको नतिजा कुन पद्धतिमा हुन्छ भनेर अन्योलमा पर्नु पर्ने अबस्था छैन, यसबारेमा निर्णय लिन आज बोर्ड बैठक बस्दैछ, सम्भवतः आजकै बैठकले यसबारेमा निर्णय लिनेछ ।” बैठकले नतिजा कुन पद्धतिमा सार्वजनिक गर्ने भन्नेबारेमा निर्णय लिएपछि नतिजा सार्वजनिक गर्न समेत सहज हुनेछ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।