हामीसँग जोडिनुहोस

साउन १ गते देखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द हुने

1 मिनेट

३० असार,काठमाडौँ ।

साउन १ गतेदेखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द हुने भएको छ । सूचना तथा प्रसारण विभागले विज्ञप्ति निकालेर ‘आलाकार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम च्यानलहरूको प्याकेजहरू प्राप्त नभएले बन्द गर्नुपर्ने अवस्था आएको जनाएको छ ।भारतीय सशुल्क अर्थात पे टिभी च्यानल प्रसारक संस्थाहरूले नेपालको ‘ आलाकार्ट ’ प्रणाली लागू गर्न सहयोग नगरेको सरकारको आरोप छ । आलाकार्ट शुल्क प्रणाली भनेको उपभोक्ताले आफूले हेर्न चाहेको च्यानलको मात्र शुल्क तिर्ने प्रणाली भएकोले यो उपभोक्तालाई हित हुने प्रणाली हो । यो प्रणाली छिमेकी देश लगायत विश्वका धेरै मुलुकमा प्रचलनमा छ ।

भारतीय च्यानलहरूको छाता सङ्गठन इण्डियन ब्रोडकास्टिङ एण्ड डिजिटल फाउन्डेसनले सूचना तथा प्रसारण विभागलाई पत्राचार गर्दै च्यानलहरूको प्याकेज बनाएर छुट्टा(घछटछद्धटज्ञण्छ)द्दद्धद्धडठटघज्ञछण्घद्धज्ञटज्ञ)डघडण्घटद्धज्ञज्ञटछण्ण्डघडज्ञडठ)ल ९ज्ञ०छुट्टै मूल्य तोक्ने कुरा मान्य नहुने जानकारी गराएको थियो । तत्पश्चात् विभागले आफ्नो अडानमा कायम रहँदै विदेशी च्यानलको प्रसारण रोकिने अवस्था आएको जनाएको हो ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।