हामीसँग जोडिनुहोस

शनिबार पनि कर कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू खुला रहने

1 मिनेट

काठमाडौं,३० असार।

शनिबार पनि कर कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू खुला रहने भएका छन्।

आन्तरिक राजस्व विभागले सूचना जारी गर्दै ठूला, मध्यमस्तरीय, आन्तरिक राजस्व र करदाता सेवा कार्यालयहरु तथा राजश्व संकलन गर्ने बैंक शाखा एवं काउण्टर खुला रहने जनाएको हो।

आयकरको किस्ता रकम दाखिल गर्नुपर्ने करदाताले कारोबारको अनुमानित करको विवरण अनुसार आर्थिक वर्ष २०७९र८० को अनुमानित करको शतप्रतिशत रकममध्ये तेस्रो किस्ता असार मसान्तभित्रै बुझाउन पनि विभागले आग्रह गरेको छ।

आर्थिक वर्षको अन्तिम भएकाले अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयले कर र राजस्व संकलनका लागि असार २३ र ३० गते शनिबारका दिन पनि सेवा बन्द नगर्न राष्ट्र बैंकलाई आग्रह गरेको थियो । सोही बमोजिम गत शनिबार पनि बैंक तथा वित्तीय संस्था खुला रहेका थिए।

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।