हामीसँग जोडिनुहोस

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

1 मिनेट

साउन २, काठमाण्डौ ।
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक झण्डै एक वर्षपछि आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । कांग्रेसभित्र एक वर्षको बीचमा विभिन्न विवाद र कलह भए पछि केन्द्रीय समितिको बैठक बस्न सकेको थिएन ।

गएको मंसिरमा भएको चुनावको नतिजाबारे समेत कांग्रेसले केन्द्रीय समितिको बैठकमा समीक्षा र छलफल गर्न सकेको थिएन । आजको बैठकमा आफ्नो पक्षका मत कसरी राख्ने भनेर संस्थापन र इतर दुवै समूहका नेता तयारीमा छन् ।इतर समूह नेतृत्वको कार्यशैलीलगायतका विषयलाई लिएर आक्रामक रूपमा प्रस्तुत हुने तयारीमा छ  भने संस्थापन पक्षले प्रतिकूल अवस्थामा पनि पार्टीलाई केन्द्रदेखि प्रदेशसम्म सत्ता–राजनीतिको केन्द्रमा ल्याएको र चुनावमा पहिलो दल बनाएकोलगायत विषय उठाउँदै छ ।

हिजो बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले केन्द्रीय समिति बैठकको लागि १० वटा एजेण्डा तय गरेको छ । समसामयिक, साङ्गठनिक कार्ययोजना, केन्द्रीय समितिको बैठकअघि कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन गर्ने, पार्टी निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन, नीति अधिवेशनसम्बन्धी खाका प्रस्ताव, विभाग गठन, राष्ट्रव्यापी अभियानको घोषणा, केन्द्रीय कार्यसमितिको अनुशासन समितिको प्रतिवेदन पेस, संसदीय दल समीक्षा र सरकारको समीक्षा गरेर १० वटा एजेण्डा तय भएका छन् ।

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।