हामीसँग जोडिनुहोस

परराष्ट्रमन्त्री साउद र भारतीय विदेश मन्त्री जयशंकरबीच थाइल्याण्डमा भेटवार्ता

0 मिनेट

काठमाडौं,०१ साउन।

परराष्ट्रमन्त्री एनपी साउद र उनका भारतीय समकक्षी एस जयशंकरबीच थाइल्याण्डमा छलफल भएको छ।

राजधानी बैंककमा भएको भेटबारे ट्वीटरमा जानकारी दिँदै भारतीय विदेशमन्त्री जयशंकरले मिलेर काम गर्ने समझदारी भएको उल्लेख गरेका छन्।बैंककमा बिमस्टेक राष्ट्रका परराष्ट्र मन्त्रीको रिट्रिटका क्रममा साउद र जयशंकरबीच साइडलाइन वार्ता भएको हो।

‘नेपालका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँगको भेट राम्रो भएको छ’, भारतीय विदेशमन्त्री जयशंकरले ट्वीटरमा लेखेका छन्, हाम्रा नेतृत्वहरुले तय गरेको सहयोगको एजेण्डा कार्यान्वयनमा नजिकबाट काम गर्न सहमत भएका छौं।’

आइतबार थाइल्याण्ड गएका मन्त्री साउद मंगलबार स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।