हामीसँग जोडिनुहोस

भक्तपुर नगरपालिकाद्धारा इन्जिनियरिङ अध्ययनरत ८८ जना विद्यार्थीलाई रु. ३९ लाख ४० हजार बराबरको छात्रवृत्ति वितरण

1 मिनेट
भक्तपुर, ३ साउन : भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङमा अध्ययनरत गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई रु. ३९ लाख ४० हजार बराबरको छात्रवृत्ति रकम वितरण गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ख्वप कलेज अफ इन्जिनियरिङमा अध्ययनरत ८८ जना विद्यार्थीहरुलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उक्त छात्रवृत्ति रकम विद्यार्थीहरुलाई आज आयोजित छात्रबृत्ति वितरण कार्यक्रममा हस्तान्तरण गर्नुभएको हो ।
छात्रवृत्ति वितरण गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कलेजबाट प्रदान गरिने छात्रवृत्तिले गरिब र जेहेनदार विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न अवसर मिलेको बताउँदै सेमेष्टर उत्कृष्ट विद्यार्थीहरुले पनि छात्रवृत्तिमा अध्ययन गर्न पाउने अवसर दिएको बताउनु भयो । ख्वप विश्वविद्यालय भक्तपुरबासीको मात्र नभई सबैको साझा माग हो रहेकाले सरकारले छिटो भन्दा छिटो ख्वप विश्वविद्यालय स्वीकृति प्रदान गर्नुपर्ने बताउनु भयो ।
उच्च शिक्षा हासिल गर्न वर्षेनि लाखौं विद्यार्थी विदेशिँदै गर्दा नेपालका विश्वविद्यालयहरुमा विद्यार्थी संख्या घट्दै गएको भन्दै उहाँले विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्ने अवसर नेपालमै बनाउन सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका छात्रवृत्ति सिफारिस समितिका संयोजक एवं वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले नगरपालिकाले सञ्चालन गरेका विभिन्न शैक्षिक संस्थाहरुले त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई वार्षिक चार करोड भन्दा बढी रकम बराबरको छात्रवृत्ति वितरण गर्दै आइरहेको बताउनुभयो । ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले छात्रवृत्ति रकमको सदुपयोग गरी देश र समाजप्रति थप जिम्मेवार भई अध्ययन गर्न प्रेरित गर्नुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले गरिब तथा जेहेनदार विद्यार्थीलाई  छात्रवृत्ति प्रदान गर्नुको उद्देश्यमाथि प्रष्ट पार्दै छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीहरुले समाज र देशको लागि सेवा गर्ने चासो दिनु पर्ने औल्याउनु भयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।