हामीसँग जोडिनुहोस

साँगामा बस दुर्घटना, घाइतेहरुको बिभिन्न अस्पतालमा उपचार

1 मिनेट
भक्तपुर, ३ साउन : काठमाडौंबाट भक्तपुर हुँदै काभ्रेतर्फ जादै गरेको बा.४ ख. ९३९६ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।
आज अपरान्ह साँगाको अग्लो कैलाशनाथ महादेव र भक्तपुरको साँगा सिमानामा गुडिरहेको बस खोचमा खसेर दुर्घटना भएपछि प्रहरीले उद्धार गरेको घट्नास्थलबाट जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो ।
बस सडकबाट तल खसेर दुर्घटना भएको बताउदै उहाँले तत्कालै प्रहरी पुगेर बसमा सवार घाइतेको उद्धार गरि भक्तपुर अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएकाहरु बस चालक जिल्ला सिन्धुली घ्याङलेख गा.पा–१ घर भई  हाल काठमाण्डौं नयाँ बसपार्क बस्ने ३१ वर्षीय पुर्णबहादुर पाख्रिन, सुनसरी बराहक्षेत्र न.पा.–१ घर भई हाल काठमाण्डौं बसुन्धारा बस्ने ४४ वर्षीया रिता खत्री, काभ्रेपलान्चोक बनेपा न.पा.–७ बस्ने रितिका श्रेष्ठ रहेका छन् ।
त्यस्तै बनेपा न.पा.–१३ साँगा बस्ने ५९ वर्षीय अर्जुन खड्का, सिन्धुली घ्याङलेख गा.पा.–१ घर भई हाल सूर्यविनायक पाण्डुबजार बस्ने ३० वर्षीय सुर्यबहादुर पाख्रिन, सिन्धुपाल्चोक सुनकोशी गा.पा.–५ घर भई हाल काभ्रेपलान्चोक बनेपा बस्ने ३९ वर्षीय अमर लामा, काभ्रेपलान्चोक बनेपा न.पा.–३ बस्ने २२ वर्षीया सुस्मिता श्रेष्ठ घाइते भएका छन् ।
घाइतेहरुको भक्तपुर अस्पताल, मध्यपुर अस्पताल, डा.इवामुरा अस्पताल, शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।