हामीसँग जोडिनुहोस

आर्थिक वर्षको पहिलो साता ६ अर्ब ४१ करोड बढी राजश्व संकलन

1 मिनेट

०७ साउन,काठमाडौँ ।

आर्थिक वर्ष २०८०र८१ को पहिलो साता सरकारले ६ अर्ब ४१ करोड रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले साउन पहिलो साता ६ अर्ब ४१ करोड ६४ लाख रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको हो । यो लक्षित राजस्वको ०।४४ प्रतिशतको उपलब्धि हो ।सरकारले चालु आर्थिक वर्षका लागि राजस्व, गैर–राजस्व, अनुदान गरी १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ रुपैयाँ बराबरको स्रोत सङ्कलनको लक्ष्य राखेको छ ।

सो मध्ये पहिलो हप्ता राजस्वतर्फ ३ अर्ब ९१ करोड ९ लाख रुपैयाँ उठेको छ भने भन्सार राजस्वतर्फ ३ अर्ब ५४ करोड ८८ लाख रुपैयाँ उठेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।यस्तै समीक्षा अवधिमा गैरराजस्वतर्फ ३६ करोड २१ लाख रुपैयाँ उठेको छ भने विविध शीर्षकमा २ अर्ब ५० करोड ५५ लाख रुपैयाँ सङ्कलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

वैदेशिक सहायता  तर्फ भने सरकारलाई हालसम्म कुनै सहयोग आएको छैन ।गत आर्थिक वर्षमा लक्षित राजस्व उठ्न नसक्दा झन्डै ४ खर्ब रुपैयाँले बजेट घाटामा गएको थियो । १४ खर्ब बढी राजस्वको लक्ष्य राखेकोमा जम्मा १० खर्ब हाराहारी मात्र राजस्व सङ्कलन हुन सकेको थियो ।स्रोतको संकुचनलाई नै मध्यनजर गर्दै सरकारले चालु आर्थिक वर्ष २०८०र८१ को बजेट घटाएको छ । आर्थिक वर्षका सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।