काठमाडौं,२६ साउन।
फिफा महिला विश्वकपमा आजबाट क्वाटरफाइनलका खेल सुरु हुनेछन्। आज स्पेन र साबिक उपविजेता नेदरल्याण्ड्स तथा जापान र स्विडेनबीच खेल हुनेछ।
स्पेन र नेदरल्याण्डबीचको खेल बिहान पौने ७ बजे न्युजिल्यान्डको विलिङटनमा सुरु हुने। स्पेन पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा पुगेको हो भने नेदरल्यान्ड्स दोस्रोपटक पुगेको हो । तर यी दुई टिम विश्वकपमा पहिलोपटक खेल्न लागेका हुन् । विश्वकपबाहिर यी दुई टिम भेट हुँदा स्पेनको पक्षमा धेरै जित रहेका छन्।
विश्वकपमा ४ पूर्व च्याम्पियनमध्ये अन्तिम ८ मा पुग्ने जापान मात्र एक्लो टोली बनेको छ।महिला विश्वकपकै सर्वाधिक सफल ४ पटकको विजेता अमेरिका र दोस्रो संस्करणको विजेता नर्वे क्वाटरफाइनलबाटै घर फर्किँदा २ पटकको विजेता जर्मनी समुह चरणनै पार गर्न सकेन।
स्वीट्जरल्याण्डमाथि ५–१ गोलको एकतर्फी जित निकाल्दै स्पेनले अन्तिम ८ मा स्थान पक्का गरेको थियो भने नेदरल्याण्डले दक्षिण अफ्रिका माथि २–० को जित निकाल्दै स्पेनसँगको भेट पक्का गरेको थियो।
आजै हुने अर्को खेलमा जापान र स्वीडेन पौने २ बजे आमने सामने हुनेछन्। एसियाको पावर हाउस जापानले पूर्व च्याम्पियन नर्वेलाई ३–१ गोल हराउँदै अन्तिम १६ बाटै घर पठाएको थियो। ४ पटकको विजेता अमेरिकालाई प्रिक्वाटरफाइनलबाटै घर पठाएको स्वीडेन बलियो दाबेदारका रुपमा रहको छ। यी दुईबीचको खेल निकै रोमाञ्चक हुनेछ।