हामीसँग जोडिनुहोस

जाली नोट १५०० थान र मेशिन सहित नौ जना पक्राउ

1 मिनेट
भक्तपुर, २५ साउन । भक्तपुरबाट रु. १५ लाखको नक्कली नोट सहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक बलेफी नगरपालिका–७ घर भई हाल चाँगुनारायण नगरपालिका–४ बुढाथोकी गाउँमा बस्दै आएका ४० वर्षीय अर्जुन सुवेदीको कोठाबाट नक्कली नोट र नोट छाप्ने मेशिनसहित नौ जनालाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बलेफी नगरपालिका–७ घरभई हाल चाँगुनारायण बस्ने ४० वर्षीय सुवेदी, सुनकोशी गाउँपालिका–६ घर भई काठमाडौं मुलपानी बस्नेद्धय २१ वर्षीय मिलन भण्डारी र २३ वर्षीय श्रीकृष्ण भण्डारी, सिन्धुपाल्चोक सुनकोशी गा.पा.–६ घरभई हाल काठमाडौं पेप्सीकोला सनसिटी बस्ने २६ वर्षीय शुसिल कार्की र सिन्धुपाल्चोक सुनकोशी गा.पा.–६ घरभई मुलपानी बस्ने ३२ वर्षीय शिव भण्डारी रहेका छन् ।
प्रहरी उपरीक्षक केसीका अनुसार नवलपरासी सराबल गा.पा.–१ घर भई हाल काठमाडौं बस्ने वर्ष ३५ वर्षीया पार्वती नेपाली, गुल्मी वडागाउँ गा.पा.–२ घर भई हाल सामाखुशी बस्ने २७ वर्षीय सागर आचार्य, अछाम घर भई हाल काठमाण्डौँ मातातिर्थ बस्ने २३ वर्षीय अर्जुन बुढा र झापा घर भई हाल काठमाडौँ सामाखुशी बस्ने २४ वर्षीय युवराज राईलाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुको साथबाट रु १५,०००,०० बराबरको एक हजार दरका १५०० थान नेपाली नक्कली नोट, नोट प्रिन्ट गर्ने कलर प्रिन्टर एक थान, कम्युटर एक थान, मोबाईल १२ थान र चार वटा स्कुटर बरामद गरेको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो ।
थानकोट प्रहरीको सहायताबाट प्रहरीले थानकोट र भक्तपुरबाट उनीहरुलाई पक्राउ गरेको उहाँले जानकारी दिनुभयो । पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान गर्दै आजै म्याद थप गरि आवश्यक कारबाही अगाडि बढाउने उहाँले जानकारी दिनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।