हामीसँग जोडिनुहोस

जापानलाई हराउँदै स्विडेन महिला विश्वकप फुटबलको सेमिफाइनलमा

0 मिनेट

साउन २६, काठमाण्डौ ।

जापानलाई हराउँदै स्विडेन फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

आज शुक्रवार न्युजिल्यान्डको इडेन पार्कमा भएको क्वाटरफाइनल खेलमा सन् २०११ को च्याम्पियन जापानलाई २–१ गोलले हराउँदै स्विडेन सेमिफाइनलमा पुगेको हो । स्विडेनका लागि अमन्दा इलेस्टेड र फिलिपा एन्जेलडलले गोल गरिन् । जापानका लागि होनोका हयाशीले १ गोल फर्काइन् । जापानले खेलको ७५ औँ मिनेटमा पेनाल्टी पाए पनि गोल गर्न सकेन ।

यस्तै आज बिहान भएको पहिलो क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै स्पेन पहिलो पटक सेमिफाइनलमा पुगेको छ ।

 

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।