काठमाडौं, साउन ३०।
कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकले २०८० सालको कक्षा १२ को नतिजा सार्वजनिक गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो।
नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१।९१ प्रतिशत मात्र ग्रेडेड ९उत्तीर्ण० भएका छन् । त्यसैगरी ४९।०९ प्रतिशत भने नन ग्रेडेड भएका छन्।
राष्ट्रिय परीक्षा बोर्डले ३५ प्रतिशतभन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्दै आएको छ। उनीहरूले माथिल्लो तह अध्ययन गर्न पाउँदैनन्। माथिल्लो तह अध्ययन गर्न चाहनेले पुनस् ग्रेडवृद्धिको परीक्षा दिनुपर्नेछ।
कक्षा(१२ को परीक्षा २०८० साल वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको थियो।बोर्डले नेपाल टेलिकमले आइभिआर, एसएमएस, युएसएसडी र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने जनाएको छ।