हामीसँग जोडिनुहोस

४९ प्रतिशत विद्यार्थीले कक्षा १२ को पुनः परीक्षा दिनुपर्ने, अग्रेजीमा सबभन्दा बढी विद्यार्थी कमजोर

4 मिनेट
-रमेश गिरी
भक्तपुर, ३० साउन : राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले आज सार्वजनिक गरेको कक्षा १२ को नतिजामा विगतका वर्षहरुमा भन्दा सुधार आए पनि अझै करिब ४९.०९ प्रतिशत विद्यार्थीले पुनः परीक्षा दिनु पर्ने भएको छ ।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले यसवर्ष गतवर्ष भन्दा तीन प्रतिशतले नतिजामा सुधार आएकोे जानकारी दिनुभयो । बोर्डमा अनुसार परीक्षामा नियमिततर्फ ३ लाख ७२ हजार ६३७, आंशितर्फक ६० हजार ९५९ जना, ग्रेड वद्धितर्फ १४ हजार १३५ जना र २०७२÷०७३ को ग्रेडवृद्धितर्फ १ हजार १०६ जना गरी ४ लाख ४८ हजार ८३७ जना सहभागी भएका थिए ।
जसमध्ये नियमिततर्फ १ लाख ८९ हजार ७११, आंशिकतर्फ १८ हजार ३०, ग्रेडवृद्धितर्फ ६ हजार १४० जना र २०७२÷७३ को ग्रेडवृद्धितर्फ ६५० जना ग्रेडेड प्राप्त अर्थात उतीर्ण भएका छन्  । ५१ जनाको विद्यार्थीको परीक्षा रद्ध गरिएको छभने थप पाँच जनाको परीक्षा रद्ध गर्दै आगामी एकवर्षको कुनै पनि परीक्षामा सहभागि हुन नपाउने गरि बोर्डले कारबाही गरेको छ ।
ननग्रेडेड अर्थात अनुतीर्ण भएका ४९.०९ प्रतिशत विद्यार्थीले तत्काल उच्च शिक्षा अध्ययन गर्नभने बञ्चित हुने भएका छन् । उनीहरुले पुनः परीक्षा दिनु पर्ने भएको अध्यक्ष डा. शर्माले बताउनुभयो ।
यसवर्षको परीक्षामा ६ हजार ९७६ अर्थात १.८७ प्रतिशत विद्यार्थीले ३.६१ देखि ४ जीपीए अर्थात ‘ए प्लस ग्रेड’ ल्याएका छन् । २०७९ को परीक्षामा भने ४ हजार १७९ अर्थात १.१५ प्रतिशत विद्यार्थीले मात्रै ‘ए प्लस ग्रेड’ ल्याएका थिए । २०७९ मा भन्दा यसवर्ष २ हजार ७९७ अर्थात ०.७२ प्रतिशत बढी विद्यार्थीले उक्त जीपीए ल्याएका हुन् ।
यसवर्ष परीक्षा दिएका नियमिततर्फ ३ लाख ७२ हजार ६३७ परीक्षार्थीमध्ये ६ हजार ९७६ विद्यार्थीले ३.६१ देखि ४ जीपीए ल्याएका छन् । त्यस्तै ३८ हजार ९९९ जना विद्यार्थीले ३.२१ देखि ३.६० जीपीए,े ६९ हजार १७४ विद्यार्थीले २.८१ देखि ३.२० जीपीए, ६३ हजार ७७ विद्यार्थीले २.४० देखि २.८० जीपीए, ११ हजार ४३८ विद्यार्थीले २.१ देखि २.४० जीपीए र ४७  जना विद्यार्थीले १.६१ देखि २ जीपए ल्याएका छन् ।
नन ग्रेडेड (एनजी) ल्याउने विद्यार्थीको संख्यो गत वर्षको तुलनामा २.८१ प्रतिशतले कमी आएको बोर्डका अध्यक्ष डा. शर्माले जानकारी दिनुभयो । गत वर्ष १ लाख ८८ हजार ४१० जना अर्थात ५१.९० प्रतिशत विद्यार्थीले एनजी (अनुतीर्ण) ल्याएका थिए भने यसवर्ष ४९.०९ प्रतिशत विद्यार्थीले मात्रै एनजी ल्याएका छन् । गतर्ष भन्दा २.८१ प्रतिशतले एनजी ल्याउने अर्थात अनुतीर्ण हुनेको संख्या घटेको उहाँले जानकारी दिनुभयो ।
अंग्रेजीमा विद्यार्थी कमजोर :
बार्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा अनुसार अग्रेजी विषयमा विद्यार्थहरु सबैभन्दा कमजोर रहेको देखिएको छ । सार्वजनिक भएको नतिजा अनुसार अंग्रेजी विषयमा सबैभन्दा बढी विद्यार्थीको एनजी आएको हो ।
सबैभन्दा धेरै अंग्रेजीमा १ लाख ९ हजार ५२७ जना ननग्रेड भएका छन् । दोस्रोमा लेखा विषयमा ५२ हजार ७३ जना, सामाजिक अध्ययनमा ५१ हजार १०४ जनाको ननग्रेड आएको छ । सबै विषयमा ३५ प्रतिशत अंक ल्याएमात्र ग्रेडेड वा उतीर्ण हुने व्यवस्था छ ।
असोज ६ र ७ गते ग्रेड वृद्धि परीक्षा:
बोर्डले आगामी असोज ६ र ७ गते ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ । बार्डका अध्यक्ष डा. शर्माका अनुसार कक्षा १२ को परीक्षा नतिजामा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीहरूका लागि सञ्चालन हुने ग्रेड वृद्धि परीक्षा असोज ६ र ७ गते शनिवार र आइतबार सञ्चालन गर्ने निर्णय भएको हो ।
सार्वजनिक कक्षा १२ को परीक्षाफलमा ननग्रेड अर्थात् एनजी ल्याउने विद्यार्थीका लागि मात्र ग्रेडवृद्धि परीक्षा हुने भएको हो । विगतका वर्षहरुमा दुईवटासम्म विषयमा एनजी आउँदा ती विषयहरुमा मात्रै ग्रेडवृद्धि परीक्षा त्यही वर्ष दिन पाउने र दुई भन्दा बढी विषयमा एनजी आएमा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने व्यवस्था थियो भने यस वर्षदेखि बोर्डले उक्त व्यबस्था परिमार्जन गरि जति वटा विषयमा एनजी आएको हो त्यसको मात्र परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।
यस वर्षको नतिजा अनुसार १ लाख २३ हजार ३९६ जनाले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने भएको उहाँले बताउनु भयो । जसमध्ये एक विषयमा मात्र एनजी आउने ७९ हजार ५८४ विद्यार्थी संख्या रहेको जानकारी दिनुभयो ।
लेटर ग्रेडिङ निर्देशिका अनुसार कुनै विषयमा ३५ प्रतिशत अंक पनि नल्याएमा ननग्रेड (एनजी) हुन्छन् । ग्रेडिङ प्रणालीमा पास–फेल छभने पनि एनजी आएकाहरुले ग्रेडवृद्धि परीक्षामा सहभागी नभई उचच शिक्षा अर्थात माथिल्लो कक्षा अध्ययन गर्न पाउने छैनन् ।
नतिजा चित्त नबुझे पुर्नर्योग एवं उत्तरपुस्तिका पुनः परीक्षणको व्यबस्था :
बार्डले नतिजामा चित्त नबुझेमा १५ दिनभित्र प्रतिविषय ५०० रुपैयाँ तिरेर पुनर्योग गराउन सक्ने व्यबस्था गरेको उहाँले बताउनु भयो । त्यसमा पनि चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिका हेर्न र पुन परीक्षण गराउन सक्ने पनि ब्यवस्था गरिएको उहाँले बताउनुभयो ।
विद्यार्थीले उत्तरपुस्तिका पुन परीक्षण गराउँदा पहिले परीक्षण गरेका भन्दा नयाँ तीन जना परीक्षकबाट जाँच गराउने व्यबस्था गरेको छ । तीन जनाले दिएको नम्बरको औसत निकाल्दा आएको प्राप्तांक पहिलेको भन्दा १० प्रतिशत कम वा बढी भएमा पहिलेकै अंक कायम हुनेछ  तर १० प्रतिशत भन्दा कम वा बढी भएमा नयाँ अंक कायम हुने व्यबस्था गरेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।