हामीसँग जोडिनुहोस

एमालेले बन्द गराउदै सामाजिक सञ्जाल

1 मिनेट
काठमाडौँ, ७ भदौ । नेकपा (एमाले)ले अनधिकृत रुपमा पार्टीको नाम, लोगो, झण्डा वा नेताको नाम दुरुपयोग गरी सञ्चालनमा रहेका सामाजिक सञ्जाल बन्द गराउने भएको छ ।
पार्टीको गत साउन २९ गतेको सचिवालय बैठकले दिएको निर्देशनबमोजिम स्वदेश तथा विदेशमा अनधिकृत र अज्ञात व्यक्तिबाट पार्टीको नाम, लोगो र झण्डा दुरुपयोग गरी सञ्चालनमा रहेका सामाजिक सञ्जाललाई बन्द गराउने भएको हो ।
केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले पार्टी र मातहतका कमिटी वा शुभेच्छुकले सञ्चालन गरेका सामाजिक सञ्जाललाई थप उपयोगी बनाउने बताउँदै अनधिकृत तथा नक्कली प्रयोगकर्ताको पहिचान गरी त्यस्ता सामाजिक सञ्जाल बन्द गरिने जानकारी दिनुभयो ।
पार्टीपङ्क्ति तथा समाजमा भ्रम सिर्जना हुने गरी बनाइएका अनधिकृत सामाजिक सञ्जाल पहिचान गरी बन्द गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।