भक्तपुर, ८ भदौ । नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म आफूले कहिले पनि कानूनभन्दा बाहिर गएर कुनै निर्णय नगरेको बताउनु भएको छ । आज नेपाल राष्ट्रिय भूपू सैनिक तथा प्रहरी संगठनले भक्तपुरमा आयोजना गरेको बृहत जिल्ला भेलामा बोल्दै उहाँले बिगतमा आफूले नेतृत्व गरेको सरकारको पालामा कानुन पल्टाएर मात्रै निर्णय गरेको दाबी गर्नुभयो ।
एमाले अध्यक्ष ओलीले भन्नुभयो, “सुन तस्करीलगायतका अनगिन्ती भ्रष्टाचारका काण्डहरु छोप्न एमालेले भ्रष्टाचार गर्यो भनेर विषय बस्तुलाई अन्तै मोड्न खोजिदैछ, मलाई कानुनले हतकडी लगाउन सक्ने कुनै ठाउँ राखेको छैन । म प्रधानमन्त्री हुँदा, परराष्ट्र मन्त्री र गृह मन्त्री हुँदा मेरा काम कारवाहीहरु एक शव्द नचिप्लियोस् भनेर मैले कानून पाना पाना पल्टाइ पल्टाइ निर्णय गरेको छु त्यसैले कसैको इच्छाले केपी ओलीलाई फसाउन सकिन्छ, हतकडी लगाउन सकिन्छ भनेर नसोचे हुन्छ ।”
आफू देश बनाउने अभियानमा अगाड बढिरहेको भन्दै उहाँले बिरोधीहरुले आफूलाई माकुराको जालो बुनिरहेको टिप्पणी गर्नुभयो ।
“अहिलेको भ्रष्टाचार ढाकछोप गर्न झापाको टि स्टेटको कुरा निकाल्दै छन्, हेरे हुन्छ, त्यति खेर ७० बिगाहा जग्गा कस्तो पालामा बिक्री भएको हो, जथाभावी गर्नु हुन्न भनेर त्यसपछि मैले नियम बनाइदिएको छु, त्यसैले रोकिएको छ,” उहाँले भन्नुभयो, “त्यसैले मलाई फसाउन नसोचे हुन्छ, माकुराको जालोमा कहिल्य भैसी पर्दैन, त्यस्ता जालो न खुट्टाले थाहा पाउँछ, न सिंगले थाहा पाउँछ न त जिउँले नै थाहा पाउँछ ।”
झुठो आरोपमा आफुलाई कसैले गोली हान्न सक्छ तर त्यसमा मलाई कुनै आपत्ति छैन भन्दै ‘म प्रधानमन्त्री, पराराष्ट्रमन्त्री, गृहमन्त्री हुँदा कतै नचिप्लियोस् भनेर कानुन पल्टाइ–पल्टाइ फैसला–निर्णय गरेको छु । त्यसकारण यिनीहरूका इच्छाले केही हुँदैन,’ उहाँले भन्नुभयोे, ‘माकुराको जालोमा भैंसी पर्दैन, यिनीहरूले बुझ्नुपर्छ । यिनीहरू माकुराको जालो बनाएर हिँड्छन्, केपी ओलीलाई पार्न, केपी ओलीको न खुट्टाले थाहा पाउँछ, न सिङले थाहा पाउँछ न त जिउले नै थाहा पाउँछ ।’
सामाजिक सञ्जाल अमर्यादित बन्दै गएको बताउदै भन्नुभयो, ‘सामाजिक सञ्जाल खोलर हेर्नुस् त, के बोलेको हुन्छ त्यहाँ ? के हो त्यो ? के पढाइँदै छ हाम्रा केटाकेटीहरूलाई ? बुद्धिजीवीमात्र होइन, बुढा वकिलहरू, निराधार… फेसबुकको हिरो हुनका लागि बोल्छन्। देखिराखेका छौं हामीले कोही–कोही मानिसहरू..बुढा विद्वानहरू, अस्ति एउटा प्रहरीको पूर्वअफिसर बोल्दै गरेको देखेको थिएँ, मेरै नाम लिएर!,’ उहाँले भन्नुभयो ।
भ्रष्टाचार, तस्करीलाई छोप्न, एमालेले भ्रष्टाचार ग¥यो, एमाले ग¥यो भनेर हल्ला चलाइएको बताउदै ृउहाँले यो खालको एउटा फोहोरी हावा बगेकोले एउटाले तुरून्तै छाप्छ, केपी ओलीलाई हत्कडी लाग्यो, जेल गयो ।’
अहिले जातजाती, भाषाभाषी, धर्म र संस्कृतिका नाममा नेतृत्वमा रहेका बाहुनलेनै जनता जुधाएर ताली बजाउन खोजेको आरोप लगाउदै एमाले अध्यक्षा ओलीले भन्नुभयो, “नुवाकोटमा वर्षको एक पटक गोरु जुधाइन्छ, बिचरा ती गोरुहरूबीच कुनै द्वन्द्व हुँदैन, झगडा हुदैन तर बाँधिरहेको ठाउँबाट फुकाएर ल्याएर त्यहाँ जुधाइन्छ, र सिंह त्यो गोरुको भाचिन्छ, पीडा तयो गोरुलाई हुन्छ, जुधाउनेहरु माथि ताली बजाएर रमाइलो लिन्छन्, अहिले तिनै बाहुनहरुले जनतालाई जुधाएर, देशका साम्प्रदायिक द्धन्द्ध फैलाएर मनोरञ्जन लिइरहेका छन्, यसतर्फ जनता सचेत हुनु पर्छ ।”
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले जातीयताको नाममा साम्प्रदायिकता भड्काउन खोजेको बताउदै उहाँले प्रचण्ड–माधवले आफ्नो स्वार्थको लागि जनता लडाएको टिप्पणी गर्नुभयो ।
कहिले कोशी प्रदेश हुनुपर्छ भनेर भोट हाल्छन् अनि आफैँ बाहिर निस्केर विरोध गर्छन् । उता भोट हाल्न निर्देशन गर्छन् आइसकेपछि हुँदैन भन्छन् । अनि आफ्नै कार्यकर्ता । अहिले पूर्वाञ्चलमा उत्पात मच्चाउने प्रचण्ड र माधव नेपालजीका कार्यकर्ता छन् । उहाँहरूले साम्रदायिकता । उफ्रने किरात, राईहरू छन् उफार्ने को छ भन्दा पुष्पकमल दाहाल, माधवकुमार नेपाल अनि । यही बाहुनले । नुवाकोटमा एउटा साँढे जुधाई खेल हुन्छ । ती साँढेको केही दुस्मनी हुँदैन । भेट्या पनि होइन कहिल्यै । आ–आफ्नो थलोबाट फुकाएर अखडामा ल्याएर भिडाउँछन् ।
उसको भाँचिन्छ सिंह अरु चाहीँ छेउमा बसेर ताली पड्काउँछन् । प्रचण्ड र माधन नेपाल नेपाली जनतालाई नुवाकोटको गोरु जुधाएजस्तो जुधाएर ताली बजाउन खोजिरहेका छन् त्यो कुरा हुन दिइँदैन । जनजातिको नाममा यी बाहुनले लडाएको हेर्नुस् त त्यहाँ ।
मैले बाहुन किन भनेको भने किन साम्रदायिक नारा दिनुहुन्छ । लेख्नुस् न तपाईँको थर तर साप्रदायिक नारा किन दिनुहुन्छ । जनता किन भिडाउनुहुन्छ टाउको उनीहरूको फुट्छ । जातीय नाराको रूपमा । अस्ति म झापा गएँ जातीय नारा उचालेर ढुंगा हाने । एउटा ताप्लेजुङको बाबु प्रहरीमा इन्स्पेक्टर भर्खरै जागिर खान गएको रहेछन्– उनको टाउको फुटाइदिए । कसले फुटाइदिए भन्दा त लिम्बूको टाउको लिम्बूले हानेको ढुंगाले फुटायो । अनि कुन जातीय कुरा हो ।
अर्को एउटा चौधरी अर्को राई र लिम्बूको बीचमा क्षेत्रीबाहुन घुसेको छ । त्यसले चौधरीको टाउको फुटाइदिएको छ । विराटनगरको जुलुसमा आफ्नो साथीको टाउको आफैंले फुटाएर मारे अरुले यो र त्यो ग¥यो भनेर उत्पात मच्चाए । उहाँले देशमो सामाजिक एकता भड्किन कुनै गतिबिधि गर्न दिन नहुने बताउदै कोशी प्रदेशमा अहिले जनजातिहरू भिडाएर साम्प्रदायिक हिंसा भड्काउन खोजेको बताउनुभयो । उहाँले सुन तस्करी प्रकरणको तत्काल छानबिन गर्न उच्चस्तरीय आयोग गठनमा गर्न एमालेले माग गरेपनि सत्ता पक्षले डराएका एक महिनापछि मात्रै छानबिन गर्ने गरी सहमति आरोप लगाउनु भयो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज कैलाश ढुङ्गेल, एमाले केन्द्रीय सदस्य एवं नेपाल राष्ट्रिय भु.पु. सैनिक तथा प्रहरी संगठनका इन्चार्ज यज्ञराज सुनुवार, संगठनका केन्द्रीय अध्यक्ष विनोद पाण्डेले देशको सार्वभौम सत्ताको रक्षा, देशको हकहितको लागि जस्तोसुकै बलिदानी दिन परेपनि पछि नहट्ने बताउनुभयो ।
कार्यक्रममा एमाले पोलिब्यूरो सदस्य, युवा संघका इन्चार्ज महेश बस्नेत, पूर्व वागमती प्रदेश सभा सदस्य शशीजंग थापा, वागमती प्रदेश सभा सदस्य किरण थापा, मधयपुरथिमि नगरपालिकाका पूर्व प्रमुख मदनसुन्दर श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।
त्यस अवसरमा नेकपा एमालेका भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले भूतपूर्व सैनिक तथा प्रहरी संगठनको आजको कार्यक्रमले एमाले कमजोर छैन भन्ने प्रष्ट पारेको बताउदै संगठनले पार्टीको नीति, निर्माण, देशको बिकासमा ठूलो टेवा पुर्याउने विश्वास लिएको बताउनुभयो ।
कार्यक्रमका सभापति एवं संगठनका जिल्ला अध्यक्ष रञ्जन खड्काले संगठनको वर्तमान् अबस्थाकाबारेमा प्रतिवेदन प्रस्तुत गर्दै भुपु सैनिक र प्रहरीले अवकाश पछि पनि देशको लागि योगदान गर्न, देश बिकासका लागि सधै अग्रसर रहने बताउनु भयो । कार्यक्रममा संगठनका जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने संगठनमा आबघ भएका सदस्यका एसईई उतीर्ण छोराछोरीलाई सम्मान गरिएको थियो ।