हामीसँग जोडिनुहोस

गौ हत्या बिरुद्ध राप्रपाको बिरोध प्रर्दशन, सिडिओ मार्फत बुझायो सरकारलाई ज्ञापन पत्र

2 मिनेट

भक्तपुर, १२ भदौ । गौहत्याको बिरुद्धमा राष्ट्रिय प्रजातन्त्र पार्टीले भक्तपुरमा विरोध प्रदर्शन गर्दै आज ज्ञापन पत्र बुझाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले आज दिउँसो आयोजना गरेको कार्यक्रममा पार्टीका सहमहामन्त्री रबिन्द्रप्रताप शाहको नेतृत्व एवं राप्रपाका केन्द्रिय कार्यसम्पादन समिति सदस्य एवं पूर्वमन्त्री टंक ढकालको प्रमुख सहभागितामा बिरोध र्याली प्रर्दशन गर्दै पार्टीले जिल्ला प्रशासन कार्यालय भक्तपुर पुगेर भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएको हो ।

बागमती प्रदेश सभा सदस्य धनेश्वरी प्रजापति, केन्द्रिय सदस्य जमुना थापा, पुर्बकेन्द्रिय सदस्य रामेश्वर थापालगायत १०० जना भन्दा बढी सहभागि बिरोध र्याली जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी रिजाललाई ज्ञापन पत्र बुझाउदै पार्टीका सहमहामन्त्री रबिन्द्रप्रताप शाह गौहत्याको विरूद्ध कारवाहीको माग गर्नु भयो । उहाँले गौहत्यामा संलग्नलाई कारबाही गर्नुपर्ने, सामाजिक, धार्मिक, सांस्कृतिक सद्भावना कायम राख्नु पर्ने माग गर्दै प्रधानमन्त्रीलाई प्रजिअ रिजाल मार्फत ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाएको छ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरमा राप्रपाका सहमहामन्त्री रबिन्द्र प्रताप शाहको नेतृत्वमा पुगेको टोलीले ज्ञापनपत्र बुझाउनु भएको हो । राप्रपाको मागलाई सरकारले तत्काल सम्बोधन नगरे चरणबद्ध आन्दोलन गर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

पार्टीका सहमहामन्त्री रबिन्द्रप्रताप शाहले गौहत्याको विरूद्ध राप्रपाले आज देशभरी बिरोध र्याली प्रर्दशन गर्दै ७७ वटै जिल्लाका सिडिओ मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको बताउनुभयो ।

ज्ञापनपत्रमा बुझाए पछि जिल्ला प्रशासन कार्यालयका प्राङ्गनमा आयोजित कोण सभामा बोल्दै पुर्बकेन्द्रिय सदस्य रामेश्वर थापाले देशमा बिदेशी शक्तिले जातिय र धार्मिक लडाई निम्त्याउन खोजेको हुँदा सदियौदेखी सहिष्णु भएर बसेको नेपाली समाजलाई तितरबितर पारेर सामाजिक, धार्मिक, साँंस्कृतिक सद्भाव भड्काउन खोज्दापनि सरकार मुकदर्शक बनेर बस्नु कदाचित राम्रो नभएको बताउनुभयो ।

उहाँले यस्ता कार्य तत्काल रोक्नका लागि अपिल गर्दै राप्रपाको शान्तिपूर्ण दबाबलाई तत्काल सरकारले सम्बोधन नगरे चरणबद्ध आन्दोलन गर्ने बताउनुभयो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।