हामीसँग जोडिनुहोस

भक्तपुरको रिसोर्टमा किशोरी बलात्कार

0 मिनेट

भक्तपुर, १२ भदौ । भक्तपुरमा नाबालिगको बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको इलाम नगरपालिका–९ का ५२ वर्षीय सूर्यबहादुर भण्डारी छन् । १७ वर्षीया किशोरीको बलात्कार गरेको आरोपमा भण्डारीलाई सोमबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो । उनी काठमाडौंको नरेफाँटमा बस्दै आएका थिए ।

गएको आइतबार दिउँसो भक्तपुरको सूर्यविनायक नगरपालिका–९, पलासेस्थित रिसोर्टमा भण्डारीले ती किशोरीको बलात्कार गरेको आरोप छ । सो उजुरीपछि जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।