हामीसँग जोडिनुहोस

कांग्रेसका सहमहामन्त्री यादवमाथि भएको आक्रमणको कांग्रेसद्वारा निन्दा, गृहमन्त्रीको राजिनामा माग्दै नेविसंघको राँके जुलुस

2 मिनेट

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौँमा धारिलो हतियारले आक्रमण भएको छ । काठमाडौँको भृकुटीमण्डपस्थित रिपोर्टर्स् क्लबको कार्यक्रमबाट बाहिरिएका यादव गाडी चढ्न लाग्दा धारिलो हतियारबाट आक्रमण भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार आक्रमण गर्ने नुवाकोटाको विदुर नगरपालिका–७ बस्ने ४७ वर्षीय श्याम सापकोटालाई आक्रमणमा प्रयोग भएको हतियारसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

धारिलो हतियारबाट यादवको टाउकाको पछाडिको भागमामा गहिरो चोट लागेको छ । उहाँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सो आक्रमणको कारण खुल्न सकेको छैन । उक्त घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । यसैबीच सहमहामन्त्री यादवमाथि भएको साङ्घातिक हमलालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिई घटनाको निन्दा गरेको छ ।

घटनाको कांग्रेसले घोर निन्दा र भर्त्सना गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । रिपोर्टर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा भएको आक्रमणपछि घाइते यादवको अहिले काठमाडौँको ट्रमा सेन्टरमा उपचार भइरहेको पनि उहाँले बताउनुभयो ।

यादवमाथि आक्रमण गर्ने व्यक्ति र त्यसको पछि हुनसक्ने जो कोही व्यक्ति वा समूह उपर गहिरो अनुसन्धान गरेर कडाभन्दा कडा कारबाही गर्न कांग्रेसले सरकारसँग जोडदार माग गरेको छ । कांग्रेसले सह–महामन्त्री महेन्द्र यादवको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

कांग्रेस सह महामन्त्री महेन्द्र यादवमाथि भएको भौतिक आक्रमणको विरोधमा कांग्रेसको भ्रातृ संघ नेपाल विद्यार्थी संघ(नेविसंघ) विरोध प्रर्दशनमा उत्रिएको छ।

रिपोर्टस क्लब परिसरमै श्याम सापकोटा नाम गरेका  व्यक्तिबाट यादवमाथि धारिलो हतियारले आक्रमण भएपछि कांग्रेसले विज्ञप्ति निकालेर घोर भर्त्सना जनाएको थियो भने नेविसंघ विरोध प्रर्दशनमा नै उत्रिएको हो।

नेविसंघले बुधबार साँझ नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडी राँके जुलुस निकालेको हो। नेविसंघ काठमाडौंले आयोजना गरेको कार्यक्रममा केन्द्रीय सदस्यहरु अमन भुषाल र उज्जल बज्राचार्य पनि सहभागी थिए।

यसैबीच सहमहान्त्री यादवको आइसियुमा राखेर उपचार थालिएको छ। बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा. बद्री रिजालले उनलाई चिकित्सकको निगरानीमा आइसियुमा राखेर उपचार गरिरहेको जानकारी गराएका छन्।
सहमहामन्त्री यादवलाई दिउँसो सवा २ बजे अस्पतालमा पुर्‍याइएको थियो।  उनको टाउकोको पछिल्लो भाग तथा गर्धनमा खुकुरी प्रहार भएको थियो जसकारण गहिरो घाउ भई रक्तश्राव भएको डा. रिजालले बताए।

सिटी स्क्यान गर्दा हालसम्म आन्तरिक चोट नदेखिएको अस्पतालले जनाएको छ।‘ टाउकोको पछिल्लो भागमा रहेको घाउलाई न्युरोसर्जरी/अर्थोपेडिक सर्जरीका विज्ञ डाक्टरहरूद्वारा अपरेशन गरी रक्तश्राव रोकिएको र घाउमा टाँका लगाइएको छ,’ विज्ञप्तिमा उल्लेख छ। त्यसपछि उनलाई आइसियुमा राखिएको अस्पतालले प्रष्ट्याएको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।