
काठमाडौं, २० भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा सहभागी भएर निस्किने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो ।उनीमाथि नुवाकोटका श्याम सापकोटाले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहार गर्ने सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यादवलाई अस्पताल लगिएको छ । यादवलाई अहिले ट्रमा सेन्टरमा पुर्याईएको छ । उनीमाथि नुवाकोटका श्याम सापकोटाले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहार गर्ने सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खुकुरी प्रहारबाट घाइते भएका नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको उपचार काठमाडौंको ट्रमा सेन्टरमा भैरहेको छ । अहिले उनी खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरुको भनाई छ ।
यादवको स्वास्थ्य अवस्था बुझ्न यतिवेला अस्पताल परिसरमा कांग्रेस नेता तथा कार्यकर्ताहरुको घुईँचो लागेको छ। अहिले यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिन कांग्रेस सभापति शेरबहादुर देउवा अस्पताल पुगेका छन् ।
Related

अन्य समाचार
वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन
एउटै मञ्चमा सांगीतिक प्रस्तुती दिदै चर्चित गायकद्धय प्रमोद खरेल र दुर्गेश थापा
भक्तपुरमा जारी महोत्सवले उल्लेखनीय सफलता हासिल गरेको छ। सल्लाघारी मा सञ्चालन भइरहेको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/०८३’मा हालसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भएको छ भने ५० लाख रुपैयाँभन्दा बढीको कारोबार






