हामीसँग जोडिनुहोस

दुर्घटनामा पैदल यात्रीको मृत्यु

0 मिनेट

भक्तपुर, २५ असोज । भक्तपुर नगरपालिका–१ सल्लाघारी खानेपानी कार्यालय नजिकै सडकमा दुवाकोटबाट सल्लाघारी तर्फ जाँदै गरेको बा. ६९ प. ९१० नं. को स्कुटरले आज ठक्कर दिई दुर्घटना हुँदा पैदल यात्री भक्तपुर नगरपालिका–१ सल्लाघारी बस्ने ६८ वर्षीया भुलिमाया धुगुछुको मृत्यु भएको छ ।

प्रहरीले ठक्कर दिने स्कुटर र स्कुटर चालक दोलखा तामाकोशी गाँउपालिका–४ घर भई हाल चाँगुनारायण नगरपालिका–१ दुवाकोट बस्ने ३६ वर्षीय यम खड्का पक्राउ गरि घट्नाको अनुसन्धान गरिरहेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।