
भक्तपुर, २५ असोज । प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले जुवाखालबाट ६ जनालाईै पक्राउ गरेको छ । भक्तपुर सूर्यविनायक नगरपालिका–८ सूर्य पार्वती तामाङले सञ्चालन गरेको खाजाघरमा जुवातास खेलिरहेको अबस्थामा प्रहरीले छापा मारी नगद रु. ३८ हजारसहित पक्राउ गरेको प्रनाउ पाठकले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा खाजाघर सञ्चालिका काभ्रेपलाञ्चोक चौरी देउरालीका ३१ वर्षीया पार्बती तामाङ, सिन्धुपाल्चोक चौताराका ३५ वर्षीया माला तामाङ, मेलम्ची नगरपालिकाका २५ वर्षीय राजु खड्का, काभ्रेपलान्चोक बेथानचोकका २८ वर्षीय दिल तामाङ, दोलखा शैलुङ गाँउपालिकाका ३६ वर्षीय सिटुक तामाङ र चाँगुनारायण नगरपालिका छालिङ बस्ने ३३ वर्षीय बिनोद लागेजुलाई पक्राउ गरेको उहाँले बताउनुभयो ।