हामीसँग जोडिनुहोस

बिभिन्न देशका प्रतिनिधि मण्डललाई भक्तपुरको अबस्थाबारे जानकारी

1 मिनेट
भक्तपुर, २५ असोज । बिभिन्न देशबाट भक्तपुर आएका प्रतिनिधि मण्डललाई भक्तपुर नगरपालिकाले पर्यटकीय क्षेत्रको अबस्था र बिकासका अवधारणाका बारेमा जानकारी गराएको छ ।
आज भक्तपुर आइपुगेको बेलायत, फिलिपिन्स, कम्बोडिया, थाइल्याण्ड, लावस, भारतलगायत विभिन्न देशका प्रतिनिधिहरुलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्पदास्थलमा खादा, भादगाउँले टोपी र परम्परागत थैली प्रदान गर्दै स्वागत गर्नुभयो ।
भौगोलिक दृष्टिले अलग अलग देशमा रहेर आएपनि विकसित सूचना र प्रविधिले विश्वका देशहरुलाई एकआपसमा नजिक्याएको बताउँदै उहाँले सम्पदा र पर्यटकको बिकासका लागि विभिन्न देशहरुसँगको पारस्परिक सहयोग रहदै आएको बताउनुभयो ।
नेपाल सरकारलाई विशेषगरी व्यापार, पर्यटन र शैक्षिक क्षेत्रमा मित्र देशहरुले महत्वपूर्ण सहयोग एवं योगदान गरिरहेको भन्दै उहाँले भक्तपुरको कला, संस्कृति देशको पहिचान र सम्पत्ति भएकाले त्यसको संरक्षणको जिम्मेवारी नगरपालिकाको भएको बताउनु भयो ।
नगरपालिकाको सम्पदा क्षेत्रमा प्रवेश गर्ने पर्यटकहरूसँग उठेको शुल्कबाट भक्तपुरको कला—संस्कृति संरक्षण, शिक्षा, स्वास्थ्य र पर्यटन प्रवद्र्धनमा खर्च गर्दै आइरहेको बताउँदै नगर प्रमुख प्रजापतिले सम्पदा पुनःनिर्माण एवं जीर्णोद्धारमा भक्तपुर अत्यन्तै संवेदनशील भई सक्रियतापूर्वक अगाडि बढिरहेको बताउनुभयो । भक्तपुर नपाले विदेशीको सहयोगलाई अस्विकार गर्दै स्थानीयहरूसँग मिलेर विकास गर्ने गरेको बताउनुभयो ।
भक्तपुर नगरपालिका ख्वप विश्वविद्यालय सञ्चालन गर्ने तयारीमा रहेको र विश्वविद्यालय सञ्चालनको लागि सरकारको स्वीकृतिको पर्खाइमा रहेको समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख रजनी जोशीले २०७२ सालमा गएको भूकम्पको असर, निजी घर तथा सम्पदा पुनःनिर्माणमा परम्परागत प्रविधिको प्रयोग, संस्कृति संरक्षणमा नगरपालिकाको भूमिका, राष्ट्रिय कला संग्रहालय पुनःनिर्माणको अबस्थाबारे जानकारी गराउनुुभयो ।
टोलीले भक्तपुरको दरबार क्षेत्रका साँस्कृतिक सम्पदाहरु, टौमढी क्षेत्र, पोटरी स्क्वायर, दत्तात्रय, वाकुपति नारायण हुँदै भक्तपुर नपाबाट सञ्चालित ख्वप अस्पतालको समेत अवलोकन गर्नु भएको नगरपालिका पर्यटन सूचना केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले जानकारी दिनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।